बिहिबार, बैशाख ०६, २०८१

नुवाकोट समाज जापानले नयाँ वर्ष २०२० को शुभकामना कार्यक्रम गर्ने

टोकियो । नुवाकोट समाज जापानले टोक्योमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

यहि आउँदो २०२०-१-५ तारिखका दिन नुवाकोट समाज जापानले नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।  नेपाल सरकारको पूर्व युवा तथा खेलकुद मन्त्री वर्तमान संघीय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्य र नेकपा नुवाकोट जिल्ला सचिवालय सदस्य केपि लामिछानेको बिशेष आतिथ्यमा नयाँ वर्षको शुभकामना तथा चियापान कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष हरि लामिछानेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नुवाकोट जिल्लाबाट जापान आएर बसोबास गर्ने नुवाकोटेहरूको भेटघाट समेत भएकोले नुवाकोट लगाएत जापानका नेपाली संघसंस्थालाई गरिमामय उपस्थितीको लागि समाजले हार्दिक अनुरोध गरेको छ ।

उक्त कार्यक्रम टोक्यो रोधी घर शिनओकुबोमा  १४:३० ~ १७ बजे सम्म हुने भएको छ ।