शुक्रबार, बैशाख ०७, २०८१

गायिका गिता र गायक नेत्रको नयाँ गित ‘माझी दाई’सार्वजनिक

काठमाडौं । गायक नेत्र भण्डारी र गायिका गिता सेन्चुरीको आवाजमा नयाँ गित माझी दाइ रिजन नेपाल यूटुब च्यानल मार्फत शुक्रबारबाट बजारमा सार्वजनिक भएको छ ।

स्याउ लेइदिउ कि केरा,डार्लिङ्ग आइ लभ,नियती,अमिलो अम्चुर लगायत दर्जनौ सफल गितमा आफ्नो आवाज भरिसकेका गायक भन्डारी र मुलको पानीले,बाटुली,सिरेटो,त भनेर छोड्यो मायाले,नयाँ नयामा लगायत दर्जनौ गितमा आफ्नो आवज भरिसकेकी गायिका सेन्चुरीको आवाजमा सजिएको माझी दाइको म्युजिक भिडियो निर्माण भै सकेको छ । उक्त गितमा लय ध्रुबराज धितालको रहेको छ भने शव्द प्रदीप अधिकारीको रहेको त्यसै गरी इन्डियन रियालीटी शो का सफल डान्सर भिजु पार्की र बुगी बुगी रियालिटी शो कि बिजेता कबिता नेपालीको जादुमय नृत्य र अभिनयमा रहेको गितमा निर्देशन बिक्रम चौहानको रहेको छ । अर्जुन तिवारीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादनको जिम्मा मिलन बिकले लिएका छन् ।

अहिलेको बजार सुहाउदो गित निर्माण भएकोले सफलता प्राप्त गर्ने आशा सम्पुर्ण गितमा आबद्द निर्माण समुहले राखेका छन ।