जापान । नेपाल मगर संघ जापान कान्तोको आयोजनामा २४ औ लाङ्घाली साँझ २०२० हुने भएको छ । टोक्योमा जनवरी १ तारिख २४ औ लाङ्घाली साँझ हुने भएको हो ।
प्रत्येक वर्ष मनाउदै आएको लाङ्घाली साँझ यस वर्ष नयाँ वर्ष २०२० को सुरुवातको दिन जनवरी १ तारिख जापानको टोकियोस्थित रोयल गार्डेनको हलमा सो कार्यक्रम हुने नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोका अध्यक्ष रित राना मगरले जानकारी दिनुभयो । उक्त दिन नेपाल मगर संघ जापान र कान्तो क्षेत्रिय समितिले मनोरंजन कार्यक्रम गरिने जनाएको छ । यस कार्यक्रमले मगर जातिको भेषभूषा,पहिचान र एकतालाई मजबुत गराउने र सस्कृति जर्गेना गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा नेपालको चर्चित लोक गायिका सम्झना लामिछाने मगर र स्थानीय कलाकारहरूको बेजोड़ प्रस्तुति रहने आयोजक संस्था नेपाल मगर संघले जनाएको छ ।
साँझ ५ वजेवाट हुने उक्त कार्यक्रममा मगर तथा ग़ैर मगरहरूको उपस्थितिको लागि संघले अपिल गरेको छ ।


