जापान । फिल्म ‘सरौतो’ लिएर मोड्ल सुमी मोक्तान र क्याप्टेन विजय लामा नागोया आउने भएबा छन् ।
आउँदो जनवरी ४ तारिख लास्सो एभ्रेष्ट ईन्टरनेशनलले आयोजना गरेको उक्त कार्यक्रममा कलाकारद्धय नायोया आउन लाग्नु भएके हो ।
सन् २०१२ को ‘मिस तामाङ’ विजेता र २०१३ मा ‘मिस नेपाल’को उत्कृष्ट पाँच भित्र पुगेकी सुमी कलाक्षेत्रमा धेरै म्युजिक भिडियो र फिल्महरुको अभिनय गरेकी छिन् । विदेशमा अध्यायन सकेर नेपाल फर्किएकी सुमीले अहिले कलाकारितालाई प्रामिकतामा राखेकी छिन् ।
हरि हुमागाईंले निर्देशन गरेको फिल्म सरौता मा सुमीसँगै सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, सम्पदा दाहाल, अरुणा कार्की, पराक्रम पिजेबी राणा, प्रतिक दुलाल, मनोज तामाङ, मनिसा पुन मगर, चादनी मोक्तान लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा पटकथा राघव कृष्ण गौतमले तयार पारेका हुन् । यो फिल्म कात्तिक २२ गते रिलिज देखि नेपालको हलहरुमा प्रर्दशन भएकको थियो ।


