Nepali date


बिहिबार, माघ ९, २०७६

जापान मनि एक्सप्रेसको शिनओकूबो शाखावाट कारोवार सुरु

जापान । ‘हामी बाटै पठाऔं हामी बाटै पाऔ’भन्ने नाराका साथ बिशुद्ध नेपालीको लगानीमा संचालित रेमिट्यॉन्स कम्पनी जापान मनि एक्सप्रेसले टोकियोको शिनओकुबोमा शाखा विस्तार गरेको छ ।

शिनओकुबोमैं मुख्य कार्यालय रहेको जेएमईले आज आईतवार एक कार्यक्रमबीच छैटौं शाखाको औपचारिक समुद्दघाटन सम्पन्न गरेको हो ।

जेएमईको समुद्घाटन कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल,एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट,आइसीसी सदस्य डीपी कंडेल,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेकपा जापानका नेताद्वय हवलचन्द्र लामा,बाबुराम भण्डारी,जनसम्पर्क समितिका नेता रोशन केसी,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन,पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष तिलक मल्ल,जेएमईका अध्यक्ष ओम गुरुङले रिवन काटेर उदघाटन गर्नु भएको थियो ।

जापान सरकारमा बिधिबत रुपले दर्ता भइ नेपालीहरुकै पहिलो रेमिट कम्पनी बन्न सफल यस जापान मनि एक्सप्रेस कम्पनी लिमिटेडले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको कम्पनीका अध्यक्ष ओम गुरुङ्ले बताउनु भयो

जापानवाट नेपाल लगायतका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको जेएमईले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको

शिनओकुवो, फुकुओका,नागोया,चिवा लगाएत शहरवाट पनि कारोवार सुरु गरिसकेको छ ।

जेएमईका अध्यक्ष गुरुङका अनुसार जेएमईले छोटो समयमा नेपाल लगायत संसारका विभिन्न देशमा राम्रो विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म संसारभर पाँच वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जेएमईले छैटौं शाखाको रुपमा शिनओकुबोमा नयाँ शाखा विस्तार गरिएको जानकारी गराउनुभयो ।

जेएमईले निकट भविष्यमा २० वटा देशमा नयाँ शाखा विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ । जेएमईको अहिलेसम्म नेपाल,भारत,पाकिस्तान, बंगलादेश,फिलिपिन्स,भियतनाम,श्रीलंका लगायत देशमा सेवा प्रवाह हुँदै आएको जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: