लण्डन । यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरीटोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।
यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।
अनुष्कालाई ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज
नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड जितेकी छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् । अनुष्का यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो ।
अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल भइन् ।

