टोकियो । ओखलढुंगा सेवा समाज जापानको पहिलो अधिबेशन आउदो जनवरी १ तारिख हुने भएको छ ।
ओखलढुंगा सेवा समज जापानको पहिलो अधिबेशनको घोषणा सभा तथा अंग्रेज़ी नया वर्ष २०२० को शुभकामना आदान प्रदान हुने भएको हो ।
जापानमा बिगत २ वर्ष यता सक्रिय रूपमा ओखलढुंगा ज़िल्लाका युवा यूबतीहरूले आफ़नो ऊज्जल भविष्यको खोजीमा जापान आइ कर्मथलो बनाएर आफ़नो जन्मभूमिलाईं आपतपिपत पर्दा र जापानमा ज़ील्लाबासी लाई दुःख पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको अध्यक्ष सन्तोष बाँनियाले बताए ।
बाँनियाको नेतृत्वमा गत वर्ष ओखलढुंगा सेवा समाज जापानले सहयोग गरेको थियो । बाँनिया पूर्वी बिकास सहकार्य केन्द्र जापानको ओखलढंगा ज़िल्ला संयोजक समेत हुन ।

