बिहिबार, असार ११, २०८३

टोक्योमा योमरी पुन्ही तथा भेटघाट कार्यक्रम सम्पन्न

जापान । नेवा:खल जापानको आयोजनामा योमरी पुन्ही तथा भेटघाट कार्यक्रम सम्पन गरेको छ ।

टोक्योमा बिहिबार एनआरएनए आइसीसी कोषाध्यक्ष  महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा  योमरी पूर्णिमा तथा शुभकामना आदानप्रदान गरि सम्पन्न भएको संस्था अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

यस पर्ब विशेष गरी नेवारी समुदायले मनाउने गर्दछन भने यसको विशेषता भनेको योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । जाडोयाममा योमरीले शरीरमा ताप पैदा गर्ने भएकाले यसलाई स्वास्थ्यवर्द्धक पनि मानिन्छ। यो पर्व आफ्ना नाता गोता ईष्ट मित्रहरू लाई निमन्त्रणा गरेर नाच गान र आफ्ना भेष भुषामा सजिएर मनाईने गरिन्छ।

नेवा: खल जापानको पहिलो पटक आयोजना गरिएको योमरी पुन्हीमा नेवारी समुदाय लगाएत अन्य ईष्ट मित्रको पनि उपस्थिती रहेको थियो र कार्यक्रमको अघ्यक्षता प्रकास लाल श्रेष्ठ,प्रमुख अतिथि महेश श्रेष्ठ, अथिती ईन्दिरा सुज़ुकी,सिद्धार्थ श्रेष्ठ,राजेन्द्र श्रेष्ठ,बिकास श्रेष्ठ,सुजन जोशी, सरोज खत्रीले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सबिता श्रेष्ठले अतिथि स्वागत गर्नु भएको थियो।
https://www.facebook.com/730638033717866/posts/2636384749809842?d=n&sfns=mo