जापान । अध्ययनका लागि जापान आएका एक नेपाली युवाको गत आईतवार टोकियोको इकेबुकुरोमा निधन भएको छ ।
नेपाल डडेलधुरा भद्रपुरका २५ बर्षिय सुरज मल्लको उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
उनको मृत्यु बिरलै सुनिने नेक्रोटाइजिंग एन्टरोकोलाइटिस कारण मृत्यु भएको आफन्तले जानकारी दिएको छ । यस रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं रक्तसंचारमा गडबडी हुन जाने र हृदयघात पनि हुनसक्ने खतरा रहने बताइन्छ । नोवेम्वर ३० को राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासीस्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको र उपचारकै क्रममा आइतवार उनको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीले नेपाली राजदूतावासमार्फत नेपालमा परिवारमा खबर गरिसकेको जनाएको छ ।
उनले अध्ययन गरेको स्कूल फ्रि भने नबुझाएको एक शिक्षिकाले जानकारी दिनुभयो ।

