टोकियो । अन्तराष्ट्रिय साहित्य समाज(अनेसास) जापान च्याप्टरको अध्यक्षमा गिरिजा गैरे सर्वसहमति चयन भएका छन ।
आइतवार टोकियोमा सम्पन्न अनेसास जापानको ११ अधिवेशनबाट निर्वतमान उपाध्यक्ष समेत रहनुभएका गैरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो ।
अध्यक्ष गैरेसहित समितिको उपाध्यक्ष अरुण पौडेल, हेमन्त गिरि, महिला उपाध्यक्ष सुमित गिरि, महासचिव रविन शर्मा, सचिव ध्रव बन्जाडे, सह–सचिव सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरेको छ । सदस्यमा मिनराज बास्तोला, दिपा घिमिरे, प्रकृती फुँयाल, शरद पोख्रेल, के.वी. पारखी, मञ्जु गिरी, वन प्रेइज भण्डारी, सुमन प्रतिबिम्ब, रमेश लामिछाने र अनिल कुमार निर्दोष चयन हुनुभएको छ ।
कार्यक्रममा संस्थाका जापान संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवालि लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै बत्ताहरुले अनेसास जापानको क्रियाशिलता र गतिशिलताको प्रंशसा गरेका थिए । कार्यक्रममा अनेसास जापानका सल्लाहकार तथा निर्वाचन सिमितका बेलुकाजि थापाले सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो ।
अधिवेशन साथै वृहत कवि गोष्ठि तथा ५३ औ नियमित सहित्य श्रृंखला समेत संगै भएको कार्यक्रममा सर्जकहरु मिनराज बास्तोला, सेवक पिसि, ध्रुव बन्जाडे, हेमन्त गिरी, दिपा घिमिरे, ज्वाला संग्रौला, श्रवण सत्याल, अनिलकुमार निर्दाेष, नेत्र पाण्डे, रमेश लामिछाने, रामहरि खपाङगी, सरिता ढकाल, गिरिजा गैह्रे, दिपक नेपाल लगाएतले रचना बाचन गर्नुभएको थियो ।
कार्यक्रम निर्वतमान अध्यक्ष दिप पाठकको अध्यक्षता, उपाध्यक्ष श्रवण सत्यालको स्वागत तथा रविन शर्माको सञ्चालनमा सञ्चालनमा सम्पन्न भएको थियो ।

