मौलिक सालैज्यो गित “मायालाई सम्झेर”सार्वजनिक

काठमाडौं । गायिका शर्मिला गुरुङ र गायक तथा सर्जक रुपेश गुरुडको स्वरमा सजिएको सालैज्यो गित मायालाई सम्झेर”को सार्वजनिक भएको छ  ।

जापानमा बसेर पनि लोक गित संगित तिर झुकाब राख्ने रुपेशको यो गितले छोटो समयमा नै चर्चा हुन थालेको छ ।

शर्मिला गुरुङको अफिसियल युटुब च्यानलबाट बाहिर आएको यो गितले दर्शकको सकारात्मक कमेन्ट पाएको छ । गीतको लय लोक गायिका शर्मिला गुरुङ्को रहेको छ भने शब्द संकलन सागर आले र रुपेश गुरुङ्को रहेको छ ।

प्रकाश भट्टको निर्देशन तथा कोरियो ग्राफी र अमर सुनार सहायक निर्देशन रहेको उक्त गितको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् । गीतमा अभिनय निर आले र काशी घलेको रहेको छ भने अडियो मिक्सिङ श्याम श्वेत रसाइली, संगीत संयोजन बिबि अनुरागी र बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

गीतको शब्द, स्वर र भिडियो निकै सुन्दर बनेको छ । गीतमा प्रदेशमा जिबन भोगाईका पिडा गीत मार्फत प्रस्तुत गर्नुको साथै भोलिको दिनमा आफ्नो मौलिक कला संस्कृतिलाइ कसरि जिबन्त राख्ने भन्ने उदेश्यले उक्त गित तयार परेको गायक रुपेश गुरुङले बताएका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया