शुक्रबार, बैशाख ०७, २०८१

अनेसास जापानको अधिवेशन डिसेम्वर १ मा हुने,अध्यक्षमा सत्यालको सम्भावना

टोकियो । नेपाली साहित्यकारहरूको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको टोकियोमा ११ औं अधिवेशन हुने भएको छ ।

आगामी डिसेम्वर १ तारिख आइतवार हुन लागेको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ  कार्यसमिति गठन गर्ने भएको छ ।

उक्त अधिवेशन तथा कवि गोष्ठीलाई अनेसास जापानले हरेक तीन-तीन महिनामा नियमित गर्दै आएको साहित्यिक शृङ्खलाको ५३ औं संस्करणको पनी रहेको संस्थाका महासचिब  अरुण पौडेलले जानकारी दिनुभयो ।

 

अधिवेशनको सबै तयारी पुरा भईसकेको अनेसास जापानका अध्यक्ष दीप पाठकले जानकारी दिनुभयो  । अधिबेशन बिहान बन्द सत्र हुने र अपरान्ह २ बजेदेखि घोषणा सभा र कवि गोष्ठीसहितको खुल्ला सत्र हुने भएको छ ।

नयाँ कार्यसमिति गठनका लागि गृहकार्य गर्न पूर्व अध्यक्ष बेलुकाजी थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जनाएको छ । अधिवेशन शिनओकुबोस्थित निप्पोन ग्लास इण्डष्ट्रियल सेन्टर बिल्डिंग हलमा हुने भएको छ ।

आगामी कार्यकालको नेतृत्वका लागि विगत एक दशकदेखि अनेसास जापानको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका हालका उपाध्यक्ष श्रवण सत्यालले दाबी गर्दै आएका छन् । हास्य बिधामा माख़िर सत्याल अनेसास जापानको सदस्य, दुई कार्यकाल कोषाध्यक्ष हुँदै हालको उपाध्यक्ष भएकोले पनी आफु सर्वसहमति हुने समेत दाबी गर्नु भयो ।  त्यसैगरी अर्का उपाध्यक्ष गिरिजा गैरेले पनि नेतृत्वका लागी दाबी रहेको छ ।

अनेसासले प्रवासबाट नेपाली भाषा, साहित्य, कला, संस्कृति एवं वाङ्मयको श्रीवृद्धिलाई केन्द्रमा राखेर क्रियाशील साहित्यिक संस्थाको गरिमा राख्दै आएको छ ।