टोकियो । जापानको कृयशिल एवं ऐतिहासिक संस्था तमु धीं जापानको अधिवेशन आउँदो डिसेम्वरको ८ तारिख हुने भएको छ ।
अध्ययन,रोजगारी,व्यवसाय तथा विभिन्न उद्धेश्यले मातृभुमी छाडेर जापानमा वसोवास गर्ने गुरुङहरुको साझा संस्था तमु धींको अधिवेशन टाुकियोमा सम्पन्न हुने निर्णय भएके महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
आईतवार अनिता गुरुङको अध्यक्षता बसेको बैठकले अधिवेशन गराउन वरिष्ठ सल्लहकार अजिव (ओम ) गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल वनेको छ ।
प्रत्येक २-२ वर्षमा हुने अधिवेशनको सपथग्रहण भने ल्होसार साँझको कार्यक्रममा हुने गर्दछ । सन १९९५ मा स्थापना भएको तमु धीं जापानको १८औं अधिवेशन नयाँ नेतृत्व चयन हुने जनाएको छ ।

