टोकियो । गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानद्वारा नेपालको गल्कोटबाट जापान भ्रमणमा रहनु भएका ब्यक्तित्वहरुसंग भेटघाट एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पृथ्वी उच्च मावि हरिचौरका प्रधानध्यापक बद्री प्रसाद ढकाल,शिक्षिका सुनमाया ढकाल ,सामाजिक अभियन्ता रत्ना भण्डारी र नल ब बस्नेतसंग टोकियोको ओमोरीमा भेटघाट एवं क्लव द्वारा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
गल्कोटबाट जापान भ्रमणमा रहेका गल्कोटका प्राज्ञिक ब्यक्तित्वहरु राम खत्री, चुडामणी शर्मा र चिन्तामणि शर्मासंग भेटघाट, अन्तरक्रिया एवं सम्मान कार्यक्रमको आयोजना भएको थियो । क्लबका अध्यक्ष लक्ष्मण कार्कीको सभापतित्व र सचिब हिमाल कडेलको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका संरक्षक गिरी प्रसाद सेरचन र रत्नसिंह बस्नेत, सल्लाहकार एवं गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री,सल्लाहकार एवं एनआरएनए जापानका युवा उपाध्यक्ष नबिन निउरे, एनआरएनए जापानका युवा संयोजक अनिल केसी,सल्लाहकार एवं गल्कोट समाज जापानका उपाध्यक्ष बिजय भण्डारी, समाजका महासचिब कृष्ण केसी लगायत स्पोर्ट्स क्लब टोकियो र गल्कोट समाज जापानका पदाधिकारीहरुको बाक़्लो उपस्थिती थियो ।
कार्यक्रममा नेपालबाट अतिथीहरुले दोस्रो गल्कोट घुम्टे महोत्सवको निमन्त्रणा दिनुका साथै गल्कोटको टेउवामा निर्माणाधीन अन्तराष्ट्रीय मुर्तीकारहरुबाट हुने मुर्तीकला कार्यशालाको बिषयमा चर्चा भएको थियो ।
टोकियोमा आई पुग्नु भएका खेलप्रेमी, शिक्षाप्रेमी र समाजसेवीहरु बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरुलाई तिब्रता दिईरहेको छ ।

