मङ्गलबार, बैशाख ०४, २०८१

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै अनुष्का श्रेष्ठ

काठमाडौं । आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै छिन् ।

मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड  अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ । आउँदो डिसेम्बरमा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठलाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ ।

जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ ।