Nepali date


शुक्रबार, चैत्र २१, २०७६

परदेशीको पिडा : शहर भित्र हराएको सपना मेरो

स्मृति मोक्तान,टोकियो । हजारौ जना रफतारमा दौडिरहेको हुन्छ,सयौ जना मौनता देख्छु यहाँ त्यस भित्रमा एक म पनि परेछु थाहा नै थिएन मलाई पनि आज समय र परिस्थितिले यसरी बताईरहेको अनगिन्ति कुराहरु म आफु भन्न र ब्याख्या गर्न असक्क्षम नै छु ।

सपना त आखिर सपना नै होनि न त भेटेर भेट्न नै सकिन्छ न त पुरा गरेर सबै सपना साकार नै हुन्छ। यो सपना शब्दको त्यन्द्रोमा झुन्डिरहेको हुन्छु ,बाबा आमा को काखमा बसेर देखिएको सपना यति सहज र सरलता थियो तर आज आफैले भोग्दै जादा धेरै अन्तर पाएको छु। गाँउ देखि शहर पसे त्यतिमात्र नभई अन्तराष्ट्रीय विमानस्थलको गेट अगाडि गलामा फूलमाला गहभरि ऑँसु मनभरि पिडा एउटा सानो सपनाको पुकुल्टो बोक्दै घरपरिवार सबैसँग केही बर्षको लागि मात्र भनेर बिदाईको हात हल्लाउदै विदेशिएको बर्षौ बर्ष वितिसक्दा पनि थाहा नै नहुने कति ब्यस्त शहर है यो? मलाई यहि ठुलो शहरमा घुलमिल हुन निकै कठिन भएको थियो किन कि ! एक भाषा बुझन गाह्रो थियो,मेरो देशमा हुदा समयको ख्याल गर्ने चलन थिएन आफुले चिनेको जानेको कोहि हुदैन थियो,पार्ट टाईम  जब गर्नको लागि भाषा अनि आफ्नो चिनेको कोहि चाहिन्थयो यहि क्रममा मलाई पनि एकजना दाईको सहयोग बाट पार्ट टाईम जब मिलाई दिनु भयो । काम गर्ने ठाँउको स्टोर ब्यवस्थापकले बोलाएको समयमा म पुगे मेरो मुटु कामिरहेको थियो ।

केही भाषा बोल्न आउदैन थियो मलाई पुग्दा खेरी चट्ट परेको ड्रेस घाँटिमा टाई कालो जुत्ता लगाएर  भाडा माझिरहेको देखे मैले उस्को र मेरो नजर जुधे झन् म रातो भए मनमा ढुकढुकी बढ्न थाले म अचम्म भए यति ठुलो पदको मान्छेले किन यसरी भाँडा माझिएको होला अरे मेरो देशमा त सानो लेबलको मान्छेको काम पो त ? भाडाँ माझिरहेको काम छोडेर सानो अफिस भित्र गए स्टोर ब्यवस्थापकले धेरै कुरा गर्नुभयो के के भनियो भनियो केहि बुझेन नबुझे पनि मुसुक्क हाँस दिए यस्तै छ याहाँ को चलन रिसले दिमागमा आगो बले पनि देखावटि मुस्कान मुहारमा हुनै पर्ने मेरो देशमा पनि यस्तै नियमहरु भएको भए ठुलो सानो धनि गरीब स्वदेशी विदेशी सानो काम ठुलो काम केहि भेदभाव नभएको भए ?साथिभाईसँगि सँधै ठुलो देश ठुलो मान्छेको सँगत ठुलो शहर हामिजस्तो लाई अब कहाँ सम्झिन्छ र कहाँ बोल्ने समय हुन्छ र ? घरपरिवार आफन्तजनहरु भन्छन् भुलिगयो हामिलाई त अब उतै पलायन हुन्छन्। तर यो ठुलो देश, ठुलो शहरको ब्यस्तता बाध्यता कसैले बुझदैनन् गुडिरहेको रेलममा १५/२० मिनेट भित्रमा पुर्याएको निन्द्रा ,बाटोमा हिड्दा हिड्दै भोक मेटाउन खाएको खाजा, मिनेटको मात्र नभएर सेकेण्ड को कति हुन्छ महत्व यहि शहरमा थाहा भयो ।

बोल्न र भेट्न मन त कस्को हुन्न होला र? बल्ला छुट्टी मिलाए आमा सँग बोल्छु पहिलो प्रश्न यहि हुन्छ ! सधै सपनिमा तिमिलाई देख्छु ? सन्चै त छौ नि ? हामिलाई त बिर्सिहालियो?नेपाल कहिले आउने ?खाना खाजा खायो? यति बर्ष बितिसकियो ? एकोहोर प्रश्नहरु सुनिरहन्छु उत्तर दिन खोज्छु तर एक प्रश्नको जवाफ दिन नपाउदै सयौँ प्रश्न थुप्रि सकेको हुन्छ ।

खै कहाँ गयो त्यो मेरो पहिलाको  सपनाहरु म खोजिरहेछु तर भेट्न सकिरहेको छैन।सायद ब्यस्त र बिजि भएर नै होला हराईरहेको छन् सपनाहरु !!

लेखक : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापानको कार्य समिति सदस्य हुन ।

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: