शुक्रबार, बैशाख १४, २०८१

टोकियोमा नेपाल मगर संघको वृहत देउँसी भैलो कार्यक्रम हुने

टोकियो । जापानको राजधानी टोकियोमा नेपालीहरूको दोस्रो महान पर्व दीपावली (तिहार )को बिशेष अवसरमा वृहत देउँसी भैलो कार्यक्रम हुने भएको छ ।
अक्टूबर २७ आइतवारको दिन रोयल गार्डेन नेपाल मगर संघ जापान केन्द्रिय समिति जापान र क्षेत्रीय समिति कान्तो द्वारा संयुक्त रूपमा आयोजनामा वृहत देउँसी भैलो कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रममा जापानबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरूमा देउँसी भैलो कार्यक्रमलाई हर्षोल्लासका साथ भव्य र सभ्य रुपमा सफल बनाउनका लागी आफ्नो गरीमामय उपस्थित जनाईदिनुहुन हार्दिक अनुरोध सहित निमन्त्रणा गरेको छ ।