Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

दोहोरी गीत प्रतिष्ठान जापानले तिहारको अवसरमा बृहत देउसी भैलो कार्यक्रम गर्ने

जापान । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आउँदै गरेको नेपालीहरुको महान् चाड तिहारको अवसरमा बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।

प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा उक्त कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक  तथा दोहोरी गित प्रतिष्ठान जापान शाखाका प्रवक्ता केसब पौडेल जानकारी दिए ।

अधिवेशनपछि बनेको नयाँ कार्यसमितिले गर्न लागिको यो पहिलो कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको कलाकार अक्षय कोष स्थापनार्थ गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ  देउसी भैलो जापानको मुख्य दुई सहरमा आयोजना हुने जनाएको छ । फुकुओकामा अक्टोबर २७ आइतबार र टोकियोमा २८ सोमबार हुनेछ ।

प्रतिष्ठान जापान शाखाका कलाकारहरुको संयुक्त र एकल प्रस्तुतिसँगै रमाउन टोकियो र फुकुओका दुवै ठाउँमा उपस्थित भइदिन जापानवासी नेपाली समुदायलाई संस्थाले  सबैलाई अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया