जापान । राईजिङ नेपाल इन्टरटेन्मेन्ट युटुभ च्यानल मार्फ़त सम्तोष बिष्टको स्वरमा रहेको आधुनिक गित “किन होला” सार्वजनिक भएको छ ।
किशोर शुब्बाको शव्द,संगित र भिषण मानन्धरको एरेन्ज रहेको छ ।गितमा भिमा मगर र संबिन थापाले जिवन्त अभिनय गरेका छन् । एडिसन दर्लामी मगरको बिशेष सहयोग र NST ग्रूपको बिशेष धन्यवादमा गित सार्वजनिक भएको हो ।
“किन होला” गितको निर्देशन,छायाङन र सम्पादन तेजेन्द्र भण्डारीले गरेका छन् ।जापान टोक्योको व्यस्त शहर र विश्वकै व्यस्त मानिने जेव्रा क्रसिङ जापानको सिविया जेव्रा क्रसिङ मा छायाङन गरिएको हो ।

