Nepali date


आइतवार, कार्तिक ३, २०७६

लघुकथा : निशब्द निशा

मिरा राजभण्डारी :-

प्रेम पछी विवाह बन्धन मा बांढिदा निसा का श्रीमान मा तिबिका कितानु हुर्कदै थिए । लामो समयए बिदेश बसेर कमाएका तिर्थ लाई तिबी लागे पछी बिदेश बाट साथी हरुले चन्दा सन्कलन गरी नेपाल पथाये ।

बिदेश रहदा बाबुको नाम मा घर घडेरी जोडी दिएका तिर्थ जब आँफै बिरामी परे तब बिदेश बाट रित्तै फर्किन वाध्य भये । रित्तो गोजी र रोगी शरीर सँग निशा ले मानवइयता देखाइन । तर बाबु आमा खुशी हुनु को सातो दिनहु कलह गर्थे उनिहरुलाई रोगी छोरा सँगइ बुहारी पनि पाल्नु परेको दिक्दारी जो थियो । बा एक लाख देउ न म काम गर्छु नि, बिहे नि गरी हाले तिर्थ ले बाबु सँग सल्लाह गरे । के काम गर्छस त मरी हाल्छस बढी बचेँ ६ महिना त्यस्पछी अँस माग्ने लठुवी भित्र्याइ हालिस नि । ससुरा कड्किन थाले । बाबु लाई पुरै पक्का थियो तिर्थको जीवन धेरै बाँकी छैन ।
भान्सा मा भात पकाउदै गरेकी निशा ले बाबु छोरा को सम्बाद खप्न सकिनन र रुदै बली रहेको चुलो छोडेर हिडिन् । दश बर्ष पछी अचानक ससुरा बिरामी भन्ने खबर निशा ले सुनिन । लोग्ने तिर्थ गाउँ तिर कार्यक्राम मा हिंडेको अै पुगेका थिएनन । जे भये नि ससुरा हो, बीमारी केहो जानै पर्‍यो हेर्न भन्ने निर्नये गरिन र ५ बर्षकी छोरी लिएर ससुरा लाई भेट्न गैन । आफु बिहे गरी आउँदा सुतेको खाट बिरामी मै ससुरा धलेका थिए । भित्तो तिर मुख फर्काएका ससुरा लि झत्त देखेनन निशा लाई ।

क्यान्सर ले जीर्न शरीर भक्कनिए निशा । बुवा भन्दै आवाज दिइन रुग्न गलाले । बिस्तारै कोल्टे फर्के ससुराले । सकी नसकी चस्मा लगाये बुढा ले । ससुरा ले दश बर्ष पछी पनि बुहारी लाई चिने । छेवै मा सासु चुपचाप् थीइन् । कोइ बोलेनन् । तिनै जनाका आँखा बर्सी रहे । मौनता तोद्दै सासु चिया ल्याउछु भन्दै तल झरिन । सासु को अनुपस्थिति मा ससुरा ले दुई हात जोद्दै भने, “तिर्थ कहाँ छ म उसको मुख हेरेर मर्छु, उसलाई बोलाई देउ” ससुराका बिन्ती गरेका हात समातेर बसिन निशा, बोली फुटेन मात्रा आसुँ का धारा बगी रहे । माओवादी द्वन्द काल । शहर तिरका गाउँ जानै नहुने । लाडाकु र प्रहरी सैनिक दुबइले सुराकी भनी मार्न सम्मा सक्ने परिस्थिती । फोन नभएको अनकन्टार गाम मा तिर्थ । जे पर्ला पर्ला जिबन को अन्तिम संघारमा रहेका ससुराको अश्रु भरिएको नएन मुटु भरी गाँठो पारेर निशा लागिन गाम तिर । बाबु छोरा बिच कुनै सम्बाद भएन । न आँसु झार्न सके । शायद भाने र गुनासो गर्ने नाता मरी सकेको थियो दुबै बीच नियेति । भोली पल्ट ४ बजे ससुरा बिते । अग्लो ज्यान अग्लाई थियो तर काठ जास्तै सुकेको । आङन मा सिरानी मा सालीचा मा बत्ती बालेर ससुराको पार्थिव शरीर सुताइएको थियो । छेउमा कोको थिए निशा लाई याद भएन ।

बस एक्तक ससुराको निर्जिब शरीर हेरी रहिन । आँखा धमिलो हुँदै थियो । कानमा भने गुन्जी रहेको थियो, “के गर्छस काम ? त मरे पछी अँस मुद्दा हाल्न लठुवी लाई भित्र्याइ हालिस”

फेसबुकबाट तपाइको प्रतिक्रिया