शनिबार, बैशाख ०८, २०८१

जापानमा ‘दाइबुचु’को विमोचन समारोह सम्पन्न

टोकियो । बेलायत निवासी साहित्यकार कृष्ण बजगाइको जापानसम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’ सोमबार टोकियोमा भब्याता साथ विमोचन गरिएको छ ।

अनेसास जापानको आयोजनामा नेपाली मुराहल सोल्मारीको हलमा सम्पन्न कार्यक्रम
नेपाल हाइकु केन्द्र का अध्यक्ष प्रा. रामकुमार पाँडेको प्रमुख आतिथी ,नियात्राकार कृष्ण बजगाइ,एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी, चि सा प सल्लाहाकार श्याम अथिति सेढाई, अनेसास केन्द्रीय कार्यसमिति बरिस्ठ उपाध्यक्ष प्रकास पौडेल माइला बिशेष आतिथी रहनु भएको थियो भने
अथितिहरूमा अनेसास पूर्व अध्यक्ष बेलु क़ाज़ी थापा, अनेसास पूर्व अध्यक्ष आलोक चालिसे,अनेसास जापान सल्लाहाकार पुस्करजंग थापा, अनेसास जापान सल्लाहाकार सुस्मा ओमाता, डा भुपालमान श्रेस्ठ,गायक रामकृष्णबम मल्ल, कुमार सिङखडा, भगवती उप्रेती, माता रमा खड़का, हरिश इसान
ग्रीष्मा पौडेल लगाएत रहनु भएको थियो

कार्यक्रमका प्रमुख अतिथि प्रा.पाडेले यात्रा र हाइकुको समिश्रणले बनेको ‘दाइबुचु’ जापानी साहित्यको हाइबुन शैलीमा लेखिएको पुस्तकमा दर्जनौ हाइकु रहेको र यो नौलो प्रयोग भएको बताउनुभयो ।
विमोचित कृतिका बारेमा बोल्दै अनेसास जापानका पुर्व अध्यक्ष आलोक चालिसेले जापानको साहित्य र संस्कृति बुझाउन पुस्तकलेले ठुलो सहयोग गर्न सक्ने बताउनुभयो । त्यस्तै बेलुकाजी थापाले ‘दाइबुचु’ पढ्दा जापान घुमेको अनुभूति हुने बताउदै पुस्तकलाई शुभकामना दिनु भयो। त्यस्तै
एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले जापानका बारेमा आफूले थाहा नपाएका धेरै करा यो पुस्तकले समेट्न सकेकोमा ख़ुशी ब्यक्त गर्नु गरणु भयो । उक्त अवसरमा नवनिर्वाचित एनआरएनए अध्यक्ष देविलाल भन्डारीलाई पुस्प गुच्छा र खादाले सम्मान गरिएको थियो ।
भने अनेसास केन्द्रीय कार्यसमिति बरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले पुस्तक निकै खोज मूलक रहेको र जापान जान्न र बुझन चाहनेहरूको लागी पुस्तकले धेरै करा खोलेको बताउदै शुभकामना दिनु भयो

लेखक कृष्ण बजगाइले ‘दाइबुचु’ अनुसन्धानमूलक नियात्रासङ्ग्रह भएको बताउदै आजबाट पुस्तक सबैलाई सुम्पदै प्रतिकृयाको आसा राखेको बताउनु भयो

कार्यक्रममा डा. भूपालमान श्रेष्ठ, केबि पारखी, रामकृष्णबम मल्ल, हेमन्त गिरी, ध्रुव बन्जाडे, गृष्मा पौडेल, भगवती उप्रेती, राजेन्द्र पौडेल, गङ्गा गगन, दीपा घिमिरे, अरुण पौडेल, गिरिजा गैरे, सुस्मा ओमाता, हरिश इशान आदिले आ–आफ्ना रचना वाचन गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रम सस्थाका महासचिव अरुण पौडेलले सञ्चालन गर्नुभएको थियो ।