काठमाडौँ । यत्तिखेर गायक तथा संगीतकार अनिल लामा र गायिका रेश्मा बोम्जनको सेलो गीत सोल्टिनी मैच्याङ बजारमा आएको छ ।
युट्युब मार्फत् सार्वजानिक भएको सो भिडियोमा कलाकारहरुको जम्बो टोली नै देख्न सकिन्छ । चर्चित् अनुहारहरु जयनन्द लामा देखि रश्मी तामाङसम्मले अभिनय रहेको सो गीतको भिडियो निकै उत्कृष्ट बनेको छ ।
यो गीतका रचनाकार संगी ब्लोन हुन् भने संगीत स्वयम् गायक अनिल लामाकै रहेको छ । विगत लामो समय देखि नेपली गीत संगीतमा जम्दै आएका अनिलको यो निकै आशा गरिएको गीत हो । साथै गायिका रेश्मा बोम्जन पनि यो गीतले दर्शकहरुको मन जित्नेमा ढुक्क भएको बताउँछिन् ।
हेर्नुहोस् यो गीतको भिडियो

