Nepali date


आइतवार, अशोज ५, २०७६

रामेछापको सुनापति गाउँपालिकामा सवलको परियोजना सम्पन्न

कैलाश खत्री,रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकाबाट सवल परियोजनाले आफ्नो परियोजना अवधि पुरा गरी बिदा भएको छ । सन् २०१५ बाट सुनापति गाउँपालिकामा जीविकोपार्जन,स्वास्थ्य तथा पोषण,विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा परियोजना संचालन गरिएको थियो ।

युएसएडको आर्थिक सहयोगमा संचालित सवल परियोजनाले पहाडी समाज कल्याण केन्द्र दोरम्वा सँगको सहकार्यमा उक्त गाउँपालिकामा कार्यक्रमहरु संचालन गरेको थियो । परियोजना संचालन गर्न कुल १ करोड ५८ लाख २२ हजार ४ सय १० रुपैया खर्च भएको पहाडी समाज कल्याण केन्द्र दोरम्बाका कार्यक्रम संयोजक भोला पाठकले जानकारी दिनुभयो । सुनापति गाउँपालिकाको कार्यालय हिलेदेवीमा आयोजित एक कार्यक्रममा परियोजनाका तर्फबाट पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्न प्रसाद कंडेलले परियोजना सम्पन्न प्रतिवेदन पुस्तिका गाउँपालिका अध्यक्ष धावा लामालाई हस्तान्तरण गर्नुभयो ।

सो कार्यक्रममा गाउँपालिकका अध्यक्ष धावा लामाले चार वर्षको अवधिमा परियोजनाले महत्वपुर्ण काम सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । जीविकोपार्जनका क्षेत्रमा परियोजनाले गरेको कामलाई गाउँपालिकाले आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । सामुदायिक संस्थाहरुलाई गाउँपलिकासंगको साँझेदारीमा थप कार्यक्रम संचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा सुनापति गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रवलकुमार योञ्जन,सवल परियोजनाको क्षेत्रिय व्यवस्थापक सुक्रराज पौडेल,सुनापति गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ठुलाकान्छा तामाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस कार्यक्रममा गाउँपालिकाभित्र रहेका कृषक समुहका प्रतिनिधि,विषयगत क्षेत्रका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया