Nepali date


सोमवार, मंसिर २, २०७६

काठमाडौंको रिङरोडमा बिजुली बस सोमवारदेखि संचालनमा आउने

काठमाडौं । संघीय राजधानी काठमाडौंको रिङरोडमा बिजुली बस संचालनमा आउने भएको छ ।

सोमबारदेखि गाडीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गर लगायतको सुविधा रहेको चिनियाँ कम्पनी ‘बिएके’ले निर्माण गरेको ती बिजुली बस सुन्दर यातायातले संचालन गर्न लागेको जनाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्ने सुन्दर यातायातका संचालक सुरेश पोखरेलले जानकारी दिनुभयो ।
२ बस तयार भइसक्यो, अरु २ वटा पनि काठमाडौं आइसक्यो, सकेसम्म चार वटै बस भोलिदेखि चलाउँछौँ’ पोखरेलले भने हालका लागि रिङ्गरोडमा र पछि अरु थपिएपछि रिङ्गरोड बाहेका सडकमा पनि बिजुली बस संचालनमा ल्याइने उनले जानकारी दिए ।

सुन्दरले सुरुवाती चरणमा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस संचालन गर्ने तयारी गरेको छ ।
नगदरहीत भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ । यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ । यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ।
त्यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिने पोखरेलले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया