Nepali date


आइतवार, अशोज ५, २०७६

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

नेपाल र चीनका परराष्ट्र मन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय वार्ता सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि नेपाल र चीनबीच विभिन्न ३ वटा विषयमा सम्झाैता भएकाे छ ।
चीनले नेपाललाई आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ५ हजार थान पाल दिने तथा नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनका लागि चिनियाँ स्वयमसेवक उपलब्ध गराउने विषयमा सम्झौता गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया