Nepali date


आइतवार, अशोज ५, २०७६

चलचित्र “जात्रै जात्रा” नागोया पनि प्रदर्शन हुने

निशान राना,नागोया ।
नेपालमा दर्शकहरुको मन जित्न सफल चलचित्र जात्रै जात्रा जापानको नागोया शहरमा पनि यहि सेप्टेम्बर १६ तारिख दिउसो १:३० बजे नागोयाको ओसु स्थित नागोया लेगेन्ड हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई नागोयाको लागि यु एण्ड इभेन्ट र इन्टरटेन्टमेन्ट ग्रूपले आयोजना गर्न लगेको हो ।
नागोया आसपासमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको नेपाली चलचित्र प्रतिको माया, मोह र रुचिलाई मध्यनजर गर्दै जापानको बिभिन्न शहर संगै नागोयामा पनि प्रदर्शन गर्न लागिएको संयोजक पुनम अधिकारीले जानकारी दिएका छन् । जापानको व्यस्त जिबन र थकानलाई फ्रेस बनाउन र हसाउनको लागि हामीले यो चलचित्र ल्याएको हौ । पक्कै पनि दर्शकहरुले पनि हामीलाई साथ दिनुहुने छ भन्दै आयोजकले सम्पुर्ण नागोयाबासि नेपालीहरुलाई चलचित्र हेरिदिनु अनुराेध गरेका छन् ।

प्रदिप भट्टराईले निर्देशन गरेको उक्त चलचित्रमा विपिन कार्की,रविन्द्र झा,रविन्द्र सिंह बानिया, दया हाङ राई र वर्षा राउत लगायतको अभिनय गरेका छन् ।

चलचित्रमा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ । चलचित्र टोकियोमा सफल रुपमा प्रदर्शन भैसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया