आइतबार, बैशाख ०६, २०८३

उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता,स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको निजी चिकित्सकले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्केलगत्तै नीजि चिकित्सक डा. दिब्या सिंह शाहले बिज्ञप्तीमार्फत सो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुन्छ,’ डा शाहले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्री ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उहाँ स्वदेश फर्किएको शाहले बताउनु भयो ।

प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गराउनु भएको थियो ।