आइतबार, बैशाख ०६, २०८३

एनआरएनए जापानको अध्यक्षमा पाँचको उम्मेद्धारी,यी पदमा भयो निर्विरोध चयन

टोकियो । गैरआववासीय नेपाली संघ (एनआरएनए)जापान निर्वाचन अध्यक्षमा पाँच जनाको उम्मेद्धारी परेको छ ।

एनआरएनए जापानको नयाँ अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन ।
अगष्ट २९ र ३० तारिख दुई दिनको निर्धारित उम्मेदवारी दर्ता समयमा अध्यक्षका लागि वर्तमान अध्यक्ष टासी वाङदी लामा,वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, वर्तमान उपाध्यक्ष शिवप्रसाद पौडेल,आईसीसी सदस्य दिनेश गुरुङ र क्युसु क्षेत्रका पूर्वसंयोजक किरण बर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन ।

वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्धय अनिता गुरुङ र सरोजकुमार खत्रीले उम्मेदवारी दिएका छन । महासचिवमा वर्तमान महासचिव बुद्धिराज घिमिरेले पुन उम्मेदवारी दिदा सोही पदमा वर्तमान सचिव जनकविक्रम शाहीको उम्मेद्धारी हालेका छन।

खुल्ला उपाध्यक्ष पदमा लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ र नारायण खडकाले उम्मेदवारी दिएका छन ।
यसैगरि एकपद रहेको क्षेत्रिय तर्फको उपाध्यक्ष पदमा नागोयाका निवर्तमान संयोजक दिपक कार्की र कान्साई ओशाकाका पूर्व संयोजक नरेन्द्रकुमार बस्नेत भिडने छन भने खुल्ला सचिव दुई जनाको पदमा श्रृजना पाण्डे,टिकाराम खरेल र विष्णुप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन ।
क्षेत्रबाट चुनिने सचिव पदमा तोचिगीका बिकास बस्नेत र गुन्माका महेश्वर रिसालले उम्मेदवारी दिएका छन।
यस्तै सह कोषाध्यक्षमा सचिन श्रेष्ठ र टिकाराम कँडेलको उम्मेदवारी परेको छ ।
आठ जनाको खुल्ला सदस्य पदमा नौ जनाले उम्मेदवारी परेको छ ।
सदस्य पदमा जीवनकुमार गुरुङ,राजेश खनाल, सुपेन्द्र गुरुङ, रामबहादुर खडका, बावुराम खरेल, महेशकुमार कटवाल, डिलाराम गैरे, शिवु थापा र भरत ज्ञवालीले उम्मेदवारी दिएका छन ।

युवा संयोजक पदमा पनि दुईजनाले उम्मेदवारी दिएका छन। सो पदमा राजकुमार अधिकारी र रामथापा अनिलले उम्मेदवारी दिएका हुन ।

यी पदमा भए निर्विरोध चयन
कोषाध्यक्ष :
वर्तमान कोषाध्यक्ष कालिका थापा पुन सोही पदमा निर्विरोध चयन भएकी छन । यसपटक कोषाध्यक्षमा उम्मेदवारी दिने चर्चा चलाएकी संगीता अधिकारीले आफनो उम्मेदवारी परिवर्तन गरेपछि दोश्रो कार्यकालका लागि थापा निर्विरोध भएकी हुन।

युवा उपाध्यक्ष : युवा उपाध्यक्ष पदमा एनआरएनए कान्तोका निवर्तमान संयोजक नवीन निउरेले बाँजी मारेका छन । अन्तिम समयमा युवा उपाध्यक्षबाट खुल्ला तर्फ उम्मेदवारी परिवर्तन गरेका नारायण खडकाले निउरेलाई निर्विरोध चयन हुने अवसर श्रृजना गराएका हुन ।

महिला उपाध्यक्ष र संयोजक : महिला तर्फको दुई पद महिला उपाध्यक्षमा सविता श्रेष्ठ र महिला संयोजकमा संगीता अधिकारी निर्विरोध चयन भएका छन ।

आईसीसी सदस्यमा : दुईजनाको आईसीसी सदस्य पदमा यसपटक डण्डपाणी कँडेल डिपी र तुल्सीराम खरेलले बाँजी मारेका छन । शुक्रबार उम्मेदवारी दिएका दुवैले अन्य प्रतिस्पर्धि नपाएपछि सहजै जित निकालेका हुन ।


निर्वाचन कार्यतालिका

निर्वाचन समितिका अनुसार २९ र ३० तारिख परेका उम्मेदवारहरुको नामावली सेप्टेम्वर १ तारिक सार्वजानिक गर्ने जनाएको छ भने उम्मेदवारी माथी दावी विरोध २ र ३ तारिख, उम्मेदवारी फिर्ता ४र ५ तारिख तथा ६ तारिख अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । यस्तै निर्वाचन समितले मतदाताहरूलाई अनलाईनमा प्रोफाइल अपडेट गर्न अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघ जापानको ९औँ राष्ट्रिय महाधिवेशन अधिवेसन सेप्टेम्वर ६ र निर्वाचन ८ तारिख हुदैं छ ।


https://jp.nrna.org/News/newsid/1494