जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको उपाध्यक्ष पदमा रामकृष्ण श्रेष्ठको उम्मेद्वारी दिएका छन ।
जापानको फ़ूकुओका शहरमा व्यापार gardai आउnu भएका श्रेष्ठले उम्मेद्वारी दिएको जानकारी दिनुभएको छ ।
यसबेला एनआरएनए जापानमा चुनाब लागेको छ। उम्मेद्वारी दिदैं गर्दा प्रतिश्पर्धामा जानुपर्ने हुन्छ। पत्याउने नपत्याउने मतदाताको निर्णयमा भर पर्ने हो धेरै कुरा विचार गरेर नै यसपाली चुनाब लड्ने निधो गरेमलाई राम्ररी थाहा छ कि, यो यात्रामा मलाई मत दिनेले खुरूक्क माया गर्नेछन र भोट नदिनेले नानाथरी कुरा उठाउनेछन्। मेरो खैरो खन्नेछन। उनिहरू मेरो यात्रा शुरू नै नहोस भन्ने चाहन्छन। मेरो यो उम्मेदवारी ती सबै तिकडमबाजहरूका विरूद्दमा भएको बताएका छन ।
आमूल परिवर्तनका विरूद्ध विद्रोह पनि हो। कुनै बहानामा पनि एनआरएनए कमाई खाने भाडो बन्न दिनु हुँदैन। यो हाम्रो लागि एउटा आशलाग्दो र भरपर्दो समाज बनाउनै पर्दछ। यो मेरो कठोर कसम र प्रतिबद्दता हो। हरेक ठक्कर खाएका र जीवन बुझ्नेहरूका लागि मेरो उम्मेदवारी ठूलो प्रश्न पनि हो। एनआरएनए जापानको सर्वाधिक मतदाता कहाँ छन? टोकियोले सधै अध्यक्ष पाउनुपर्ने तर दोस्रो ठूलो समुदाय कान्साई-क्यूसुले अध्यक्ष हुनै नहुने? ३ वटा उपाध्यक्ष मतदाताले कुनै एक क्षेत्रको मात्र रोज्न चाहेमा के हुने? यो सब ठेकेदारी कसको हो? एनआरएनए को साधारण सदस्यले आफ्नो नेतृत्व रोज्न नपाउने, कस्तो प्रजान्तन्त्र? उनले प्रश्न उठाएका छन ।
इमानदारहरूको आवाज र प्रतिनिधित्व हो मेरो उम्मेदवारी। यहाँहरूको सल्लाह होइन, आज म मत माग्दैछु। यहाँहरूले जिताउनुभयो वा हराउनुभएमा पक्कैपनि परिणामपछि सल्लाह जरूर लिनेछु। धेरैलाई लाग्नेछ, मेरो उम्मेदवारीको योग्यता के हो? जिते के हुने? यसमा मेरो विचार प्रष्ट छ। त्यो हो आमूल परिवर्तन। ठेकेदारीको अन्त र स्वस्थ्य अभ्यासको आवाज उठाउने बताएका छन ।
गैरआवासीय नेपालीहरूको हक, हित र संरक्षणका लागि साझा संस्था नेपाली पुगेका संसारको हरेकजसो देशमा छन्। यतिवेला जापानबाटै विकसित नेतृत्वले यो विशाल संस्थाको पनि नेतृत्व गरिरहेकोछ। हामी सबै विदेशमा आएदेखि नै नेपाल र नेपालीको साझा पहिचानलाई संसारभर चिनाउने र नेपालीपन नविर्सने प्रेरणाबाट गठित नेपाली समुदायहरूको गैह्रआवासीय नेपाली संघको विशाल महत्व छ। देशका अतिरिक्त नेपाली समुदाय रहेका हरेक क्षेत्रगतस्तरमा यो फैलने क्रममा छ।
निर्वाचित नेतृत्व वा समितिले चुनावका नियमित प्रक्रिया सम्पन्न भएपछि देश, जनता र हामी सबै विदेशिएका दाजुभाई दिदिबैनीहरूकै हितलाई केन्द्रमा राखी काम गरेको हुनुपर्ने बताएका छन ।
श्रेष्ठ सिन्धुपाल्चोक नेपाल घर भई हाल बिगत २००७ सालदेखि जापानको फुकुओकामा बस्दै आईरहेका छन । हाल क्योउदाई रेमिट्यान्स फाईनान्स फुकुओकाको ब्रांच मेनेज़र को रुपमा कार्यरत रहदै आईरहेका श्रेष्ठ आफ्नो राष्ट्र र राष्ट्रियताको हरेक नेपालीकोझै मेरो पनि रगतको कणकणमा हुनाले र नेपाली कला संस्कृतिलाई मुलुक बाहिर रहेपनि प्रचार प्रसार गर्नु पर्छ भन्ने प्रेरणाबाट सन २००९ सालमा फुकुओका नेपाल सोसाईटिमा आबद्द भई समाजको सदस्यको रुपमा अवसर प्राप्त गरे र २०१० सालमा उपाध्यक्ष र २०११ मा फुकुओका नेपाल सोसाईटिको अध्यक्ष सोही कार्यकालको संयोगबाट फुकुओकामा पहिलोपटक बैशाखी मेलाको नाममा (नेपाल फेस्टिबल) मनाउन शुरु गरिएको बताएका छन ।

