टोकियो । एनआरएनए जापानले भर्खरै मात्र जापानमा १०१ जना नेपाली बिधार्थीको लागि छात्रवृति दिन सिफारिस गरे लगतै (१७-१९ )कार्यसमितिले आफ्नो कार्यलय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार बिध्यार्थीका लागि छात्रवृति पहिलो किस्ता रकम आईसिसि मार्फत पठाएको छ ।
हरेक देशका एनसिसि अध्यक्षहरुले एउटा प्रोजेक्ट तयार गरी आ-आफ्नो जिल्लामा लागु गर्न पाउने आई सी सी को निर्णय र कार्ययोजना अनुसार यो प्रोजेक्टलाई एनआरएनए जापानले नेपालका ५० जना बिधार्थीहरूका लागि शिक्षामा सहयोग गर्ने तय गरेको महासचिब बुद्दीराज घिमिरेद्वारा प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।
गैरआवसीय नेपाली संघ जापानले बिगत ५ बर्ष देखि कार्यालयको भाडा , बत्ती, पानीको शुल्क सहित ८० हजारको हाराहारिमा भुक्तानी गर्दै आएको थियो । उक्त रकम कार्यसमितिका सदस्यहरूले प्रत्येक महिना बुझाउने लेवि बाट संकलित रकम हो।यसरी संकलित रकम आर्थिक मितव्ययीताको उदेश्य र योजना सहित कम भाडादर भएको ठाऊमा कार्यालय स्थान्तरण गर्दै बचत रकम बाट नेपालका दुर्गम जिल्लाका बिधार्थीको शिक्षामा सहयोग पुग्ने गरि प्रयोजनमा ल्याईने भएको हो ।
पुरानो कार्यलय हलमा कार्यसमितिको पूर्ण बैठक बस्दा समेत ठाऊ अपुग हूने भएपछि नयाँ विकल्प खोजीएको र हालको कार्यलय पुरानो भन्दा ठुलो रहेकोले जापान स्थित अन्य नेपाली संघ संस्थाले समेत बैठक तथा सेमिनारको लागि प्रयोजन गर्न मिल्ने र सम्बंधित संस्थाको लागि लकर समेत राखिदिने सुबिधा पनि उपलव्ध छ।
मासिकरूपमा कार्यलय खर्च बाट बचत हून आएको (५मान यन ) ५० हजार रूपैया नेपालमा २ बर्ष सम्मका लागि हाललाई ५० जना बिधार्थीको शिक्षा क्षेत्रमा प्रयोग हुने गरि वितरण गरिएको र यो योजना प्रभावकारी भएमा अन्य स्रोत खोजी थप सहयोग गरिने अध्यक्ष टासि वाङदी लामा ले जानकारी गराउनुभयो ।
हाललाई ५० जनाको कोटामा नेपालको मनाङ जिल्ला बाट १५ जना ,लमजुङबाट ५ जना , वागलुङबाट ५ जना ,पर्वत बाट ५ जना,पाल्पा बाट ५ जना ,सुदुरपश्चिम बाट ५ जना मुस्ताङबाट ५ जना र रामेछापबाट ५ जना बिधार्थीको लागि उक्त छात्रवृति प्रदान गरिने भएको छ।उक्त सहयोग एनआरएनए जापानले एनआरएनए आईसिसिको काठमाडौं स्थित सचिवालय मार्फत सहजिकरण गर्ने गरि सहयोग रकम हस्तान्तरण अगस्ट २९ तारिक जापानी येन १५०,००० ( नेपाली १६०,४७० रुपिया) सम्वन्धित बिधार्थीले स्कुल मार्फत सेवा लिने गरि एनआरएनए आईसिसिमा पठाएको छ ।

