बिहिबार, असार ११, २०८३

घिमिरेको पार्थिब शरीर नेपाल लैजान नेसाजद्धारा १ लाख सहयोग

टोकियो । जापानमा अध्यनरत नेपाली बिधार्थीहरूको साझा संस्था नेपाली बिद्यार्थी समाज जापान(नेसाज)ले बिभिन्न रचनात्मक क्रियाकलापका साथै जापानमा अध्यनरत नेपाली बिधार्थीहरूलाई आइपर्ने समस्या समाधानका लागी समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

नेसाज़ले यसै सन्दर्भमा १०१४-७-१४ मा अध्ययनका लागि जापान पुगेका बर्दिया मुगरागडीका २९ वर्षीय रामहरि घिमीरेको जापानको कानागावा केनमा बसेर अध्ययन गरिरहेका घिमीरे एक्कासी पेट दुखेर चुरिन्काई अस्पताल भर्ना भएका थिए । रामहरी घिमिरेको पेटको दुखाईका कारण २७ गते राती २ बजे अस्पतालमा उपचारकै क्रममा हुन गएको असहमायिक दुःखद निधनले गर्दा हामी सबैलाई स्तब्द बनाएको छ तत्कालको लागी घिमीरेको पार्थिब शरीरलाई नेपाल लैजानको जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान(नेसाज) ले तत्काल १ लाख सङकलन गरी सम्बन्धित पक्षलाई बुझाई पार्थिब शरीर नेपाल लैजान सहयोग गरेको बिधार्थी समाजका महासचिव कृष्ण प्रसाद भुसालले जानकारी दिनु भयो ।

यसै गरी मृतकको सव नेपाल सम्म लैजान थप रक़म आवश्यक रहेकाले सहयोगका लागी थप सहयोग गर्न का लागी जापानबासी सम्पूर्ण नेपालीहरूमा सम्योजक चेतन पौडेलले अनुरोध समेत गर्नू भएको छ ।
अब छीटै आफुहरूको माग सम्बोधन हुने कुरामा विश्वस्थ रहेको महासचिव भूसालले बताउनू भयो ।