टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा टासी वांग्दी लामाले पुन:अध्यक्षमा उम्मेदारी दिनुभएको छ ।
एक कार्यकाल पूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गर्नुभएको लामाले जापानबासीको आग्रह र मागअनुसार पुन: अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।
एनआरएन जापानको युवा संयोजक, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको लामाको नेतृत्व सफल सावित हुँदै आएको छ । एनआरएनए राष्ट्रिय समन्यव समिति जापानको अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न पदकालागि उम्मेदवारी घोषणा तथा आफुलाई योग्य देखाउने होडबाजी नै चलिरहेको छ ।
वर्तमान कार्यसमितिका अध्यक्ष टासी वांग्दी लामाले पनि पुन: अध्यक्षमा उम्मेदारी घोषणा गरेसंगै, यो प्रतिष्पर्धा अझ पेचिलो बनेको हो ।
एक कार्यकाल तुलनात्मकरुपमा सफलता पुर्वक काम गरीसकेका तथा भाषणभन्दा काम गर्ने व्यक्तिकारुपमा परिचय बनाएका लामाको उम्मेदारी घोषणाले जापानवासी नेपालीहरुमा विशेष स्थान पाएको देखिन्छ ।
लामाका अनुसार सन २०१७ मा नेतृत्व सम्हाल्दैगर्दा धेरै किसिमका आलोचना र आशंक्का व्यक्त गर्नेहरु पनि हाल उनको कार्यकालको प्रसंशा गर्दछन् । उनले यो दुईवर्षको अवधीमा जापानमा रहेका विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान तथा माईती नेपालसंगको सहकार्यमा चेलिबेटी बेचबिखन विरुद्दको अभियानमा गरेका केहि प्रयासहरुको थालनी नै उनको कार्यकालको मुख्य जस पाउने कामहरुका रुपमा स्थापित भएका छन् ।
त्यहि कामहरुको निरन्तरताको लागि पनि आफुले पुन: दोर्याउन चाहेको बताउने लामा आगमी कार्यकालमा पर्यटन प्रवर्द्दन तथा श्रमिकहरुको सम्बन्धमा थप विशेष पहल गर्ने बताउँछन् ।
एनआरएनए जापानको अधिवेशन ६ सेक्टेम्बर र ८ तारिखका दिन चुनाव हुँदैछ ।


