बिहिबार, असार ११, २०८३

कानागावा नेपाली कम्यूनिटीको तीज फेस्टिवल २०१९ को तयारी पुरा

जापान । कानागावा नेपाली कम्यूनिटी जापानले नेपाली नारीको महान पर्व हरितालिका तिजको अवसर पारेर योकोहामामा तीज फेस्टिवल आयोजना गरेको गरि सम्पूर्ण तयारी पुरा गरेको छ ।
तीजमा जापानबासी नेपाली दिदी बहिनीहरूलाई मनोरन्जन एवं कला संस्कृतिको जर्गेना गर्ने उदेश्यले राष्ट्रीय स्तरका चर्चित कलाकारको उपस्थितीमा कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष हरि सापकोटाले बताउनु भयो ।
उक्त कार्यक्रमलाई थप मनोरन्जन दिनको लागी चर्चित गायिका भावना आचार्य जापान आई सकेकी छिन र आचार्य यस भन्दा पहिला अष्ट्रेलिया ,कोरिया,युके, क़तार र दुबै जस्ता थुप्रै देशमा सहभागी जनाई सकेकी छिन भने अर्का चर्चित गायक सयौ गितमा आवाज दिई सकेका र कोरिया,अष्ट्रेलिया, युकेमा र जापानमा नै सयौ कार्यक्रममा आफ्नो प्रस्तुति गरि सकेका गायक सुर्य खड्काको पनि जोडदार प्रस्तुति रहने छ । गायक अमित सापकोटा र गायक खेमराज पौडेलको प्रस्तुति रहने पनि अध्यक्ष सापकोटाले जानकारी गराउनु भयो