Nepali date


आइतवार, अशोज ५, २०७६

नागोया र टोकियोमा हुने तीज धमाका २०१९ को तयारी पुरा(भिडियोसहित)

निशान राना,नागोया । नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र टोकियोमा गर्ने भनिएको “तीज धमाका २०१९ नामक “तीज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो स्थित होकुतोपिया चुचुजी हलमा साँझ ६ :०० देखी २२:०० बजे सम्म हुने भएको छ ।
बिगत केही बर्ष यता जापानको बिभिन्न शहरमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपालीहरुलाई तीजको मनोरन्जन प्रदान गर्दै अाईरहेका यस समाजले यस बर्ष पनि जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि पूर्व निर्धारित कलाकारहरु लोकदोहोरी क्षेत्रका बरिष्ठ सर्जक तथा लोक दोहोरी गायक शिव हमाल र चर्चित लोक दोहोरी गयिका शान्ता परियार साथै नागोयाको लागि जापान मै कर्म थलो बनाएका मिठो स्वको धनी चर्चित लोक दोहोरी गायक सुर्य खड्का बाहेक तीन जना कलाकार थप गरिएको छ ।

जसमा चर्चित लोक दोहोरी गायिका सम्झना भण्डारीले नागोयावासी नेपालीहरुलाई थप मनोरन्जन दिने छन् भने टोकियोमा चर्चित लोकदोहोरी गायक /गायिका रविन लामिछाने र टिका सानुले थप धमाका मच्चाउने छन् ।
समाजले यस कार्यक्रम मनोरन्जनका लागि मात्र नभई अाकस्मित रुपमा भैइपरी आउने दैबिक प्रकोप लगायत बिबिध आपत बिपतमा परेकाहरुको उद्दारको लागि “आपतकालीन राहत कोष स्वरुप “ गर्न लागिएको कार्यक्रम भएकोले पनि सम्पूर्ण जापानबासी नेपालीहरुलाई आफुलाई पाहेक पर्ने ठाउँ गई मनोरन्जन लिनु हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया