टोकियो । अध्ययनका लागि जापान आएका नेपाली युवाको उपचारको क्रममा निधन भएको छ ।
नेपाल बर्दिया जिल्ला घर भएका २९ बर्षिय रामहरी घिमिरेको जापानको कानागावा केनमा उपचारको क्रममा गएराती निधन भएको हो ।
मृत्युको कारण थाहा हुन नसेकेको र प्रहरी रिपोर्ट बुझ्ने काम भईरहेको बताईएको छ । बर्दिया नगरपालिका ६ मगरागडी घर भएका घिमिरेको उपचारको क्रममा निधन भएको हो ।
अकस्मात पेट दुखाईको समस्या आएपछि अस्पताल भर्ना हुनुभएका घिमिरेको चुरिन्काई अस्पताल कानागावामा मंगलबार राती २ बजे निधन भएको हो ।
मृतक घिमिरेको परिवारजनको सल्लाहमा शव नेपाल पठाईने तयारी भएको छ । यसको लागि आवश्यक रकम संकलनको काम भईरहेको जनाउँदै बाँके बर्दिया मैत्री समाज जापानले सक्दो सहयोग रकम जम्मा गरिदिनुहुन सम्पूर्ण जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेको छ ।

