टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी अगष्ट ८ तारिखमा हुने निर्वाचनको लागि वर्तमान उपाध्यक्ष सरोज कुमार खत्रीले वरिष्ट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
सत्य समाज रूपान्तरण बौद्धिकता को पहल आऊनुस हातेमालो गरौ एकतामै छ बल” । भन्ने नारा तय गरेको जानकारी दिदै युवा र अनुभवी समावेशी सहित नयॉ टिमले जापानको नेतृत्व लिनु पर्ने मान्यता सहित आपनो उम्मेदवारी दिएको बताउनु भयो ।
मंगलवार जापानवासी नेपालीहरुलाई अनुरोध गर्दै उहाले वरिष्ट उपाध्यक्षमा दावि गरेका हुन ।
एक विज्ञप्ति निकाल्दै उहाँले सधै झै तपाईहरुको साथ ,सपोर्ट र मायाको लागी फेरी पनी अनुरोध गर्दछु । यो एउटा सामाजीक अभीयान हो, म निरन्तर छु र निरन्तर एनआरएन को अभियानमा लागीरहनेछु ।
मेरो निरन्तरताको शक्ती बनिदिनुभएकोमा जापानबासी नेपाली दाजुभाई दिदीबहीनीहरु,पत्रकार मित्रहरु, ब्यबसायीहरु,बिध्यार्थी साथीहरु र अग्रजहरुमा धन्यबादसहीत फेरीपनी तपाईहरुकै निरन्तर साथ,सपोर्ट र मायाको लागी खत्रीले अनुरोध गरेका छन ।

