आइतबार, बैशाख ०६, २०८३

जापानमा तेश्रो नवलपरासी तीज धमाका कार्यक्रम भब्य रुपमा सम्पन्न(भिडियो

टोकियो । नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम भब्य भब्य रुपमा टोकियोमा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापति समाजका अध्यक्ष गोपाल कंडेलले ,प्रमुख अतिथी पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , बिशेष अतिथी सस्थाका सस्थापक अध्यक्ष किस्न प्रसाद अधिकारी , अतिथीहरु सम्योजक गीता कन्डेल , NRNA जापानकी सदस्य संगिता अधिकारी , नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल,चितवन समाजका अध्यक्ष राजन श्रेष्ठ , यस समाजका सल्लाहाकार यादब केशी ,सल्लाहाकार सुनिल सापकोटा,मातृसन्देश डट कमका प्रधानसम्पादक शान्त पहरी लगायत अन्यसंघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि रहनु भएको थियो ।

अगष्त २६ तारिक टोकियोको नाकानो जिरो हलमा नेपालका लोक तथा दोहोरी गायिकाहरु सम्झना लामिछाने मगर ,सुनिता दुलाल ,गायक रमेश राज भटराई सगै जापानमा रहेर संगित क्षेत्रमा निरन्तर लागिपरेका कलाकारहरू गायक सुर्य खड्का ,गायक चेतन घर्ती ,गायक समुन्द्र राज पौडेल ,गायिका सोना केसी,निशा क्षेत्रीको प्रस्तुति दिएका थियो ।

कार्यक्रमलाई भव्य र सब्बे गराई दिनुहुने कार्यक्रमका प्रमुख अतिथी ,बिशेष आथिति,आथितिहरु,स्पोनसर,कार्यसमितिका साथीहरु लगायत कार्यक्रम मा उपस्थित भैई कार्यक्रम सफल गराउन सहयोग पुर्‍याउने सबैमा समाजका अध्यक्ष गोपाल कण्डेलले धन्यवाद बेक्त गर्नुभयो ।
कार्यक्रम मा स्वागत मन्तब्बे बाट स्वागत सस्थाका माहासचिब कृष्ण प्रसाद ढुङ्गाना गर्नुभयो भने सस्थाले गरेका कामहरु सस्थाका सचिब ॠषि पौडेल ले बुदागत रुपमा बताउनु भयो ।

कार्यक्रम औपचारिक रुपमा सपना क्षेत्रीले सन्चालन गर्नुभएको थियो ।