आइतबार, बैशाख ०६, २०८३

एनआरएनए जापानको कोषाध्यक्षमा पुन:कालिका थापाको उम्मेद्वारी

टोकियो । जापानमा एनआरएनएको अधिबेशन नजिकिदै गर्दा उमेद्वारी दिने क्रम पनि जारी छ । यसबै बिच एनआरएनए जापानको कोषाध्यक्ष कालिका थापाले आफु पुनः कोषाध्यक्षमा उमेद्वारी दिने घोषणा गर्नु भएको छ ।
थापाले आफ्नो फेसबुक मार्फत एक बिज्ञप्ति मार्फत उमेद्वारी घोषणा गर्दै भन्नुभएको छः
बर्तमान कार्यकालमा म कोषाध्यक्षको जिम्मेवारी समाल्दै गर्दा एउटा योजना लिएर गएको थिए तर बिचमा आएको बिभेदरुपी ठेसका कारणले बुझ्ने र बुझाउने कमीकमजोरी भएकै कारणले म जिम्मेवारीबाट लगभग सात (७) महिना बाहिर बस्न पर्यो । तसर्थ केही गर्छु भनेर गएका नवीन सोचहरु पनि हठास निस्कृय बने भने पुनस् सस्थामा जोडिदा पुरै आशाहरु निराशामा सुस्ताए र ग्याप भयो त्यसले मलाइ सामाजीक भावमा भएको उर्जामा थोरै ह्रास गरेकै हो ।

आफु योजनाका साथ एक कार्यकाल पुरा गर्न नपाएको कारण बिभिन्न योजनाहरु सहित आगामी कार्यकाल मा कोषाध्यक्ष पदमा उमेद्वारी दिएको बताउनु हुन्छ ।

बिभिन्न सामाजिक संघसस्थामा बिगतमा काम गरेको अनुभब र २ बर्षे कार्यकालमा आफुले संगालेको अनुभवले आगामी कार्यकाल सहज गराउने थापाको दावी छ।थप सक्रिता र योजनाका साथ आगामी २ बर्ष कार्यकाल कोषाध्यक्षमा गर्ने र कोष बृद्धीमा बिशेष ध्यान दिने थापाको भनाइ छ ।

८० हजार नेपाल रहेको जापानमा महिलाहरु थोरै मात्रामा सामाजिक काममा सक्रिय रहेका छन । थापा सामाजिक काममा सक्रिय, निडर प्रष्टबक्ता ले परिचित हुनुहुन्छ ।

बिज्ञप्ती जस्ताकाे तस्तैः
सम्पूर्ण जापानबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा
सादार नमस्कार ।
जापान प्रबेशसंगै नेपाल रहदा आत्मादेखि खुसी मनले गर्दैआएको समाजिक कार्यमा जोडीन पाएकोमा धन्य सम्झन्छु । म जापानमा सामाजिक रुपमा सक्रिय भइरहदा सबै अग्रजहरुको प्रेरणा,सल्लाह र सुझाबले एनआरएनए अभियानमा सहयोगी हुने एउटा अबसर मिल्यो ।
यसर्थ म एनआरएनए अभियान अन्तरगत जापानको समितीमा प्रबेशसंगै यहाँहरुको साथ , धाप र सहयोग निरन्तर पाइराखे त्यसका निम्ति म यहाँहरु सबैमा अन्तरहृदय देखी हार्दिक आभार ब्यक्त गर्दछु ।

बर्तमान कार्यकालमा म कोषाध्यक्षको जिम्मेवारी समाल्दै गर्दा एउटा योजना लिएर गएको थिए तर बिचमा आएको बिभेदरुपी ठेसका कारणले बुझ्ने र बुझाउने कमीकमजोरी भएकै कारणले म जिम्मेवारीबाट लगभग सात (७)महिना बाहिर बस्न पर्यो । तसर्थ केही गर्छु भनेर गएका नवीन सोचहरु पनि हठास निस्कृय बने भने पुन: सस्थामा जोडिदा पुरै आशाहरु निराशामा सुस्ताए र ग्याप भयो त्यसले मलाइ सामाजीक भावमा भएको उर्जामा थोरै ह्रास गरेकै हो ।
अत जति समय मैले सस्थाको जिम्मेवार भएर कार्य गरे त्यो देखेर अहिलेको कार्यकाल टुङगिदै गर्दा मलाइ यो अभियानलाई निरन्तरता दिनु पर्छ सक्रियभएर कार्य गर्नुपर्छ भनेर जुन रुपमा यसै सस्थाको बर्तमान कार्यसमिती संगै मेरा अग्रज ज्युहरु साथै मेरा शुभचिन्तकहरुबाट अनुरोधसंगै सल्लाह मिलेको छ त्यसले यहाँहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
अग्रजहरु संगै मेरा शुभचिन्तकहरुको अनुरोध र चाहनाले म एनआरएनए अभियानमा निरन्तरता दिने कुरा यहाँहरुसंग यसै मार्फत जानकारी गराउदछु । अहिलेको अबस्थामा मैले जुन पदमा २ बर्ष योजनाका साथ कार्य गर्छु भनेर अगाडी बढेको थिए त्यसलाइ अहिले निरन्तरता दिदै थप नयां उत्साहा उर्जासहित बचेका सबै कामहरु पुरा गर्ने प्रतिबद्धता यहाँहरु समक्ष ब्यक्त गर्दछु ।सस्थाको मूल जिम्मेवारी आर्थिक पक्षलाई त्यसलाइ साच्चिकै पारदर्शी बनाउन अबिचलित काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।
सस्थाको सौन्दर्य र आर्थिक अनुशासन हो भन्ने राम्रोसंग बुझेकी छु । यसै कुरालाइ आत्मसाथ गर्दै आगामी २०१९-२०२१ कार्यकालमा कोषाध्यक्ष पदको लागी उमेद्वारी घोषणा गर्दछु ।
आशा छ मलाइ सामाजिक कार्यमा बिगतमा जस्तै हौसला,सल्लाह ,सुझाब र सहयोग मिल्नेछ ।
धन्यवाद ।

कालिका थापा
कोषाध्यक्षको उमेद्वार