आइतबार, बैशाख ०६, २०८३

नेपाल लोक स्टारमा चम्किदै रामेछापका रामकुमार नेपाली

काठमाडौं । लोक गायन प्रतियोगिता अन्तर्गत जारी नेपाल लोक स्टारको प्रतियोगीतमा रामेछापमा जन्मिएका रामकुमार नेपालीले उत्कृष्ट प्रस्तुती दिएका छन् ।
शुक्रबारको श्रृखंलामा प्रतिस्पर्धी रामकुमार नेपालीले चारै जना निर्णायकको मन जितेर झन उत्कृष्ट प्रस्तुत दिएका हुन् ।
गोपाल योञ्जनको ‘‘तिमी मेरी राधा पियारी’ बोलको गीत गाएर नेपालीले निर्णायक जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडको मन जितेका छन् । ‘गेष्ट जर्जका रुमा आएका विष्णु खत्रीले पनि उनको स्वरको तारिफ गरे । खत्रीले लोक गीतका लागी रामकुमार नेपालीको स्वर उपयुक्त भएको बताउँदा बाँकी तीन जना निर्णायकले उठेर तारिफ गरेका थिए ।

रामेछापका रामकुमार नेपाली नेपाल लोक स्टारमा गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् । उgले अहिलेसम्म हिउँ खोलीको चिसो पानी, नाचिदेउ मैच्याङ्ग सोह्र वर्षे उमेरैमा, आकाशैको कालो बादल लगायत गीत गाएर दर्शक तथा स्रोताको मन जित्दै आएका छन् ।

रामेछाप जिल्लामा जन्मनु भएको रामकुमार नेपालीलाई भोट् गरि जिताउनको लागि तपाईंको आफ्नो मोबाइल को म्यासेज बक्स मा गएर L टाइप गरि १ स्पेस दिएर वहाँ को भोटिङ कोर्ड २३ लेखी ३७००० मा SEND गरि दिनु होला साथै Ime pay को app बाट पनि भोट गर्न सकिने छ ।