Nepali date


आइतवार, अशोज ५, २०७६

जापानमा तीज धमाका मच्काउन गायिकाद्वय सम्झना र सुनिता फुकुओका आईपुगे

जापान । तीज धमाका २०१९ को लागि कलाकारहरु जापानको फुकुओका शहरमा आएका छन् ।
हरेक वर्ष नेपालबाट राष्ट्रिय कलाकारहरु बोलाएर सफल तिज कार्यक्रम गर्दै आएको यस फुकुओका नेपाल सोसाइटी संस्थाले यस बर्ष पनि नेपालका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक तथा दोहोरि गायिका सुनिता दुलाल र सम्झना लामिछाने मगरको जोडदार प्रस्तुतिको लागि आज बिहिवार जापानको फुकुओकामा आइसकेका छन् ।

कार्यक्रम यही अगस्त २३ तारिख शुक्रबारका दिन साझा ६ बजेबाट ९ बजे सम्म फुकुओका सी चिउओ सिमन सेन्टर आकासाकामा हुने भएको छ। फुकुओकामा छरिएर रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई नेपालबाट आमन्त्रित तथा जापान मै रहनु भएका कलाकारहरु दोहोरि गायक पुरुषोत्तम सिग्देल,माधव सिग्देल, दिलेन्द्र जोशी र बेग रानाको जोडदार प्रस्तुति सँग नाचगान गरि भरपुर मनोरंजन लिन र कार्यक्रम सफल पारिदिन सबैमा अनुरोध गरिएको संस्थाका सचिब सुर्य कुँवरले जानकारी गराउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया