Nepali date


आइतवार, अशोज ५, २०७६

एनआरएनए जापानद्धारा सेप्टेम्बर १० सम्म पुन: सदस्यता खुल्ला

टोकियो । गैरआवासिय नेपाली संघ जापानले अधिवेशनको संघारमा पुन पञ्जिकृत सदस्यता आवेदन खुल्ला गरेको छ ।

एनआरएनए जापानले आजबाट आगामी सेप्टेम्बर १० सम्मका लागि साधारण सदस्यता आवेदन खुल्ला गरेको हो ।
एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार आज अर्थात् अगष्ट २० तारिख देखी आगामी सेप्टेम्बर महिनाको १० तारिखसम्म २३ दिनका लागि सदस्यता आवेदन खुल्ला गरिएको हो ।

एनआरएनए जापानले सदस्यता आवेदन खुल्ला गर्दै यसको प्रक्रिया समेत सार्वजनिक गरेको छ ।

यसअघि निर्धारित र थप गरिएको समयमा एनआरएनए जापानले आव्हान गरेको सदस्यता आवेदन दिएका मध्ये सबै कागजात पुरा गएका २५ सय ५१ जना सदस्य स्विकृत भएको बताईएको छ ।

आवश्यक कागजात समयमै नबुझाएका करिव ३ सयको संख्यामा भने अस्विकृत भएको बताईन्छ ।

पञ्जिकृत सदस्यता आवेदन खुला गरिएको बारे सूचना

गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद, जापानले पंजिकृत सदस्यताका लागि पुन मिति २०१९अगस्ट २० तारिक बाट सेप्टेम्वर १० तारिक सम्म आवेदन खुल्ला गरेको यहाँहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

आवेदन सम्वन्धि तपसिस बमोजिम आवस्यक प्रकृया पुरा गर्नु हुन अनुरोध गरिन्छ।

तपसिल
क )आवेदन अनिवार्य https://mero.nrna.org/user/register मा लिङक गरिएको र्फम मार्फत भर्नु पर्नेछ । यसरी भरिएको आवेदन आइसीसीको MIS प्रणालीमा हुने भएकोले परिवर्तन नहुने हुदा सहि विवरण भर्नु पर्नेछ ।

ख )आवेदन भर्दा इमेल, मोवाईल नम्बर, जापानको ठेगाना ,जन्म मिति,सम्वन्धित सदस्यको फोटो, बैक रसिद को प्रतिलिपि ,रेसिडेन्स कार्ड वा जापानी ड्राईभिङ लाईसेन्सको प्रतिलिपि अनिवार्य हुने छ । उल्लेखित इमेल वा मोवाईन नम्बर नै आफ्नो प्रोफाइलको युजर आइडी हुनेछ । आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोही इमेलमा वा मोवाईल नम्बरमा प्राप्त हुनेछ । साथमा आवेदन भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ ।

ग) आवेदकले अनिवार्य नत्थी गर्नु पर्ने कागजातहरु :
* पासपोर्ट साईजको फोटो
* रेसिडेन्स कार्डको प्रतिलिपी वा लाईसेन्स।
* ¥१०००बैक रसिदको प्रतिलिपि
(Jp10930-13431561
エナレンジャパンカイガイザイジュウネパールジンキヨウカイニホンシブ.)

नोट:
-आवेदन गर्दा Verification Code पाई सके पछि बिचमा कुनै कारण बस रोकिन गई प्रोसेज पुरा नभएको अवस्थामा आफ्नो मोवाईल नम्वर प्रयोगरी login गरि पुन रोकिएको बिचबाट अगाडि बडि आवेदन पुरा गर्न सकिने छ।

-२०१९जुन १६ तारिक सम्म आवेदन गर्नुहुने तर प्रकृया नपुगेका सदस्यहरुले बॉकि प्रकृया पुर्याई सदस्य वन्न सकिने र यो MIS System बाट जुन १६ सम्म आवेदन नगर्नुभएका सदस्यले नया आवेदन गर्न सक्ने गरि सेप्टेम्वर १० तारिक सम्म आवेदन खुला गरिएको छ । साथै,२०१९ जुन १६ तारिक सम्म आवेदन पुरा भै सकेका पंजिकृत सदस्यहरुले मात्र निर्वाचन समितिको निर्णय अनुसार रासप जापानको निर्वाचन प्रकृयामा सहभागि हुन सक्ने छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया