मङ्गलबार, असोज २७, २०८३

फुकुओकामा सामाजिक संघसंस्था तीज धमाका सफल बनाउन एकजुट भएर लाग्दै

टोकियो । महिला हरुको महान पर्ब हरितारिका तीजको अबसरमा आयोजित तीज धमाका २०१९ सफल बनाउनका लागी फुकुओकामा रहेका नेपाली समुदायबाट खोलियका सामाजिक संघ सस्था एक जुट भएर लागेका छन ।

फुकुओकाको पुरानो सस्था फुकुओका नेपाल सोसाइटी ले यसपालीको तीज धमाका २०१९ मा सबै सस्थालाइ समेट्दै फुकुओकामा तीज कार्यक्रम गर्न लागेको हो बिगतका वर्षमा विभिन्न सस्थाले कार्यक्रम गर्दै आएतापनि त्यति सफल हुन सकेको थिएन ।
साथै नेपाली नेपाली बीचमा आपसी सम्बन्धमा नकरात्मक प्रभाव परेको कारण यसपाली भने जेठो सस्था फुकुओका नेपाल सोसाइटीको आयोजनामा धेरै सस्थाहरु सह आयोजक बनेकोमा सोसाइटीका अध्यक्ष योगेश कार्कीले खुसी व्यक्त गर्नु भएको छ ।
कार्यक्रम लाई भब्य बनाउन बिभिन्न योजना सहित अगाडी बढिरहेको कुरा कार्यक्रम संयोजक तथा सोसाइटीका बरिस्ठ उपाध्यक्ष माधव सिग्देलले बताउनुभयो ! प्रचार प्रसारलाई तिब्र पार्दै फुकुओका बासी सम्पूर्ण दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई मनोरंजन लिन सचिव सुर्य कुँवरले अनुरोध गरेका छन ।
कार्यक्रममा नेपालकै चर्चित गायिका सुनिता दुलाल,सम्झना लामिछाने मगर र जापान मै रहनुभएका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।