आइतबार, बैशाख ०६, २०८३

सगरमाथा समुह टोयोटा जापानले तीज कार्यक्रम मनायो

नागोया । यस बर्ष २०७६ सालको तीज पर्व जापानमै सबै भन्दा छिट्टो यसपाली सगरमाथा महिला समुहले महिला हरुको बाक्लो उपस्थितीका साथ मनाई औपचारिक कार्यक्रम सम्पन्न गर्‍यो ।
बिदेश सबैजना बेफुर्सदिलो हुने,सधै कामको पछी कुदी रहनु पर्ने हुनाले जापान्को रातो बिद(राष्ट्री य बिदा) मौका छोपेर सबैलाई सहज हुने हुनाले हाम्रो संसकार संस्कृति जोगाइराखौं हामी जहा गएपनि नेपाली हौं भन्ने अभिप्रायले मनाउएको संथाकी अध्यक्ष शुशिला भट्टराईले जाकारी दिनु भयो नभन्दै बाक्लो उपस्थितीका माझ नाच गान गरेर तिज मनाउन पाउदा धेरै खुशी लागेको बताउनु भयो ।
नेपालबाट पाल्नु भएकी समाजसेवी हाम्री आदर्णिय आमा साबीत्री भण्डारीले “पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो भने उपाध्यक्ष अनु पौडेलले स्वागत मनतब्य राख्नु भएको थियो ।
तिज कार्यक्रमको बारेमा बिशेस जानकारी र महत्व मिठो भनाई कार्यक्रमकी प्रमुख अथिती सृजना भण्डारी थापाले भण्डारीले राख्नु भएको थियो र हाम्रा समुहका सल्लाहकार ,समाजसेवी जयराम पौडेलले ज्यु चिया-खाजा ,उपलब्ध गराईदिनु भयो ।
कार्यक्रमलाई शुरु देखि अन्त्य सम्म सहयोग गरि सहयोग गर्ने अमृत सुबेदी ,समुहकी सल्लाहकार लक्ष्मी रेग्मी, नारायणी पहारी ,सहसचिब पुष्पा आचार्य हार्दिक धन्यवादको पात्र रहेका छन । साथै तीजको निमन्त्रणा कार्डको आकर्षक डिजाईन सल्लाह्कार सदस्य तथा समाजसेवी राजेन्द्र थापाले गर्नु भएको थियो ।
यसपालीको तिजमा समस्त दिदी बहिनीहरु निर्धक्क आफ्नो भावना पोख्दै नाच सकुन भन्ने अभिप्रायले धेरै बिशिष्ट पुरुष दाजुभाईहरु
,महानुभावहरुलाई लाई निमन्त्रणा नगरि बेग्लै किसिमले पहिलो पटक यस्तो कार्यक्रम थालनी गरेको संथाकी सचिब रन्जना सापकोटाले जानकारी गराउनु भएको छ ।कार्यक्रमकी प्रमुख अथिती श्रीमती सृजना भण्डारी थापाले तिजको महत्वको बारेमा ज्यादै सान्दर्भिक भनाई राख्नु भएको थियो ।
सुशीला भट्टराईको अध्यक्षतामा र कार्यक्रम सन्चालन समुहकी सचिब रन्जना सापकोटाले गर्नु भएको थियो ।