बिहिबार, असार ११, २०८३

एनआरएनए जापानको ९औँ अधिवेशन तथा निर्वाचन आचारसंहिता सार्वजनिक

टोकियो । गैरआवासीय नेपाली संघ जापान ९औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन समितिद्वारा निर्वाचन मिति, शुल्क, तालिका तथा निर्वाचन सम्बन्धी आचार संहिता सार्वजनिक गरेको छ ।

बिहिबार, निर्वाचन समिति संयोजक राजन प्रधानाङ्को अध्यक्षतामा बसेको बैठकले निर्वाचन सम्बन्धि बिषयमा छलफल गरी निर्वाचन मिति , शुल्क , तालिका तथा निर्वाचन सम्बंधी आचारसंहिता पारित गरी निर्णयहरु सार्वजनिक गरिएको हो ।