Nepali date


शुक्रबार, भदौ ६, २०७६

उद्योग महासंघ रामेछापको छैठौँ जिल्ला सम्मेलन सम्पन्न

कैलाश खत्री,रामेछाप ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रामेछापको छैठौँ जिल्ला सम्मेलन मंगलबार सम्पन्न भएको छ ।
सदरमुकाम मन्थलीको गुम्बाहलमा भएको सम्मेलनले चन्द्र बहादुर मानन्धरको अध्यक्षतामा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा मगर, उपाध्यक्ष जय बहादुर कठायत ,पदेन उपाध्यक्षमा सुजता श्रेष्ठ , महासचिवमा फत्त बहादुर खड्का र कोषाध्यक्षमा सम्झना श्रेष्ठ सहित सदस्यहरुमा बिकास पुलामी मगर,जिना सुनुवार,सुर्य बहादुर बस्नेत ,धनबहादुर श्रेष्ठ ,भिमकुमार श्रेष्ठ ,नवराज खड्का र सरिता राणामगर चयन हुनुभएको छ ।
घरेलु तथा साना उधाेग माहासंघ रामेछापका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा भएको छैटाैं जिल्ला सम्मेलनकाे एक कार्यक्रमका बिच घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरीले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनलाई केन्द्रीय उपाध्यक्ष सुर्य बहादुर कडेल , महासचिव डम्बर प्रसाद रेग्मी,कोषाध्यक्ष सत्यनारायण प्रजापति ,तीन नम्बर प्रदेश सदस्य सनिश लगेजु सहित घरेलु तथा साना उद्योग विकास समिति रामेछापका प्रमुख मेघराज गौतम र रामेछाप उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहालले सम्बोधन गर्नुभएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया