Nepali date


आइतवार, मंसिर २९, २०७६

धादिङ् समाजको दर खाने कार्यक्रम,टिका सानु र रविन लामिछाने जापान आउँदै

टोकियो । धादिङ् समाज जापानले अगस्ट ३१ तारिख दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजका महासचिब बिमल श्रेष्ठका अनुसार नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको पावन अवसरमा प्रवासमा रहेका दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराई दर खाने कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम टोकियोको सिनओकुबोस्थित टोकियो रोधी क्लबमा आयोजना गरिने छ ।

धादिङ् समाज जापानले दर खाने कार्यक्रममा नेपालबाट मिठा स्वरका धनि कलाकार गायिका टिका सानु ,गायक रविन लामिछाने र जापानमा रहेको स्थानिय कलाकारहरुको बेजोड उपस्थितिमा तिज धमाका हुने सम्पुर्ण जापान समाजले जानकारी दिएको छ र।
साथै धादिङ समाज जापानले उक्त कार्यक्रमबाट उठेको रकम नेपालमा हुने सडक दुर्घटना कम गर्न को लागि “सडक सुरक्षा तथा आपतकालिन राहत कोष” लागि प्रयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै समाजका अध्यक्ष कृष्ण प्रसाद खनाल अनुसार आफ्नो घर,माईतीबाट टाढा रहेका दिदीबहिनीहरुलाई तिजको बेलामा खल्लोपना नहोस् तथा प्रवासमा पनि माईती तथा आफन्त छन् भन्ने आभास दिलाउँदै,नेपाली चाडबाड एवं परम्पराको जगेर्नाका लागि यो कार्यक्रम आयोजना गरिएकाले सम्पुर्ण धादिङेली दिदीबहिनीहरुलाई सहभागिताको लागि आग्रह पनि गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया