Nepali date


सोमवार, मंसिर ३०, २०७६

२५ औं बिश्व आदिवासी दिवस जापानमा भब्य रुपमा सम्पन्न

टोकियो । नेपाल आदिबासी जनजाति महासंघ आयोजनामा २५ औं बिश्व आदिबासी दिवस जापानमा भब्य रुपमा सम्पन्न भएको छ ।
आईतवार टोकियोमा आयोजित समारोहलाई सम्वोधन गर्दै नेफिनको केन्द्रिय उपाध्यक्ष नवीन रोका मगरले राजनैतिक चेतना बिना सामाजिक आन्दोलन ठीक ठाउँमा पुग्न नसकिने भएकोले अब राजनैतिक बिचार सहितको आन्दोलन गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेफिन जापानले २५औं बिश्व आदिबासी दिवसको अबसरमा आयोजित कार्यक्रममा प्रमुख अथितिको आसनबाट कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै आदिबासी जनजातिहरु राजनैतिक बिचारको रुपमा बिबिधता रहेपनि आदिबासी जनजातिहरुको मुद्दामा एक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरुले आदिबासी जनजातिहरु एक जुट नभए सम्म माग र मुद्दाहरु सम्बोधन हुन नसक्ने बताएका थिए । त्यस्तै उहाँहरुले जबसम्म राज्यको शाषण सत्तामा जनजातिहरूको समान प्रतिनिधित्व हुदैन तबसम्म जनजाति आन्दोलन निरन्तर जारी रहने समेत बताउनुभयो ।
कार्यक्रमको समापन गर्नुहुदै महासंघका अध्यक्ष सुमन लिम्बुले उपस्थित सबैलाइ धन्याबाद ब्यक्त गर्मुभएको थियो ।
महासंघका महासचिव शान्त पहरीले संचालन गर्नुभएको सोही कार्यक्रममा पेम्बा शेर्पाले शुभकामना मन्तब्यसहित आदिबासी जनजातिहरुको सवाल र मुद्दाहरुबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जापानमा रहेका बिभिन्न सामाजिक संस्था ,जातिय यंस्थाहरुको प्रतिनिधि ,ब्यबसायी ,बिध्यार्थी ,पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसैबीच जापानमा रहेका जातिय संस्थाहरुलाइ सम्बन्धन पत्र दिनुका साथै जनजातिहरुको हक हित र गतिबिधिहरुसंग नजिक रहेर कलम चलाउदै आएका पत्रकारद्वय सजिना मोक्तान र फुर्वा शेर्पालाइ प्रशंसा पत्रसहित सम्मान गरेको थियो ।



फेसबुकबाट तपाइको प्रतिक्रिया