Nepali date


शुक्रबार, भदौ ६, २०७६

रामेछापमा फोनिजको २० औँ स्थापना दिवस मनाइयो,पत्रकार सुमित सम्मानित

कैलाश खत्री,रामेछाप ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०औँ स्थापना दिवस रामेछापमा पनि मनाइएको छ । सोमबार सदरमुकाम मन्थलीमा समावेशी लोकतन्त्रको आधार , पुर्ण समावेशी सञ्चार भन्ने मुख्य नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । फोनिज रामेछापका जिल्ला अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तीन नं प्रदेश सांसद रीता माझी रहनुभएको थियो ।स्थापना दिवसलाई संवोधन गर्दे प्रदेश सांसद माझीले आदिवासी जनजाति पत्रकारहरुलाई सिप र दक्षतामा प्रखर हुन आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा मात्रै संघ र प्रदेशमा पनि त्यतिकै मात्रमा भ्रष्टचार बढेको भन्दै त्यसका विरुद्ध सशक्त रुपमा कलम चलाउँन आग्रह गर्नुभयो ।
सोहि कार्यक्रममा फोनिज प्रदेश नं ३ का उपाध्यक्ष युवराज श्रेष्ठ , जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का ,मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत,खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ,लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल , नेकपा रामेछापका नेता गोपाल श्रेष्ठ ,नेपाली कांग्रेस रामेछापमा सचिव लेख बहादुर कार्की , पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल पुर्व अध्यक्ष हिमाल ढुंगेल लगाएत प्रेस चौेतारीका अध्यक्ष युनिक विफा घिसिङ,प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी,प्रेस सेन्टर रामेछापका अध्यक्ष सुमित श्रेष्ठ लगाएतका वक्ताहरुले मन्तव्य राख्नुभएकाे थियो । २० औँ स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले समानुपाति समावेशी व्यवस्था लोकतन्त्रको उपलब्धी भएको बताएका थिए । त्यस अवसरमा फोनिज रामेछापले यो बर्षको उत्कृष्ठ आदिवासी जनजाति पत्रकारिता बर्ष पुरस्कार २०७६ पत्रकार सुमित श्रेष्ठलाई प्रदान गरिएको छ ।

श्रेष्ठलाई सम्मानपत्र सहित नगद रु पाँच हजारले सम्मान गरिएको हो । उहाँलाई सो सम्मान कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश नं ३ का सांसद रीता माझीले प्रदान गर्नुभएको हो।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया