बिहिबार, बैशाख ०६, २०८१

हरितालिका तिजमा एनआरएनए जापान चिबाको दर ख़ुवाउने कार्यक्रम

टोकियो । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै एनआरएनए चिबा जापानले “दर खाने,ख़ुवाउने कार्यक्रम गर्ने घोषणा गरेको छ ।
नेपाली नारीहरुको महान चाड हरीतालिका तिजको पावन अवसरमा एनआरएन चिबा जापान ले यही अगष्ट २५ तारिख आइतवारको दिन योन्जिन रेष्टुरेण्ट चिवामा दर खाने,ख़ुवाउने कार्यक्रमका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेको हो ।
उक्त दर खाने,ख़ुवाउने कार्यक्रमका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना राखेको हुदा सम्पुर्ण जापानबासी आमा बुवा, दाजुभाई, दिदीबहिनीहरुको उपस्थीतीको लागी एनआरएनए चिबा जापानले हार्दिक अनुरोध गरेको छ ।