Nepali date


शुक्रबार, भदौ ६, २०७६

यात्रा संस्करण : कालीकोट देखी चिसापानी सम्म

नारायण न्यौपाने ,
देशमा जनयुद्द चलिरहेको थियो । २०५२/५४-५५ साल तिर सहर भन्दा गाउँ -घर तिर नै केन्द्रित थियो जनयुद्द । त्यति बेला बिर्दोही पक्षधर नेपाल कम्युनिस्ट पाटी माओबादी र सत्ताधारी बिच निकै मुसा बिराली खेल चलि रहेको थियो ।

देशमा बम ,बारूद ,ढुडंग्गा ,मुंडा जस्ता जगध्ने क्रियाकलाप हरु दिन दुई गुणा र रात चार गुणाले बृर्दि हुदै गई रहेका थिय। समय एकदम डर लाग्दो भया भह भैसकेको थियो । बिहान घर बाट निस्केको मान्छे बेलुकी घर फर्कीन्छ । फर्किदैन भन्ने कुरो आँकाल गर्न त्यति सहज भने पटक्कै थिएन । दिनमा सरकारी पक्ष र रातमा बिर्दोही पक्ष नेपाल कम्युनिस्ट पाटी माओवादी पक्षधर को दवाब र मानसिक यातनाका कारण स्थानिय बासिन्दाहरु आर्जीत भईसकेका थिए । युद्दको नाममा सल्केको ( झुलो) निभाउन तर्फ सरकारको कुनै पहल , क़दम सकरात्मक देखिदैन थ्यो ।
दिन र रातको दोहोरो चपेट्टामा सर्बसाधारण जनता ,बृद्रबृद्रा ,आईमाई ,ईस्कुले केटा -केटी ,हलिया -भरिया हरु प्रत्यक्ष मार खेप्न बाध्य थिए ।
बन जंगलमा घाँस दाउरा हिडेकी चेली बेलुका घर फर्कीदा लुटपाट तथा बलकृत भईसकेकी हुन्थी।

यस्ता कृयाकलाप कस्ले ,किन र केका लागी गर्यो ?
गाँउ घर तिर सबैजना अप्रस्ट नै थिए । केटा केटी हरु दिनमा ईस्कुल जान डराउथे ,बेलुकी घर फर्किदा त्यस्तै छाँट ,पिठ्युमा ठुलो झोला र मन गर्हौ बनाएर हतार -हतारमा हुन्थे ।
त्यतिबेला म उमेर ले दश काटदै थिए । मेरो घर चुत्रिकोट बाट क़रीब २० मिनेटको पैदल यात्रा हिडे पछि फुकोट आउछ । फुकोट बाट अलि तल तिर ओरालो लागे पछि २ मिनेट जतिमा तलकोट भन्ने ठाउ छ । त्यो मेरो साक्षरता भएको बिध्यालय (सिरी पिडंगली देबी प्राथमिक बिध्यालय तलकोट फुकोट) हो ।
मेरो घर बाट बिध्यालय जान दुईवाटा बाटो हरु छन । माथिल्लो बाटो गयो भने फुकोट हुदै ।प्रहरी चौकि र स्वास्थ्य चौकी हुदै ।बिध्यालय पुगिन्थियो ।
भने तल्लो बाटो समातेर स्कुल जाँदा सरासर बिध्यालयको पश्चिम पट्टीलो गेट बाट प्रबेश गेट निर्धारण गरेको छ । बिध्यालय समितिले ,
माथिल्लो बाटो प्रहरी चौकि हुने भएका ले हामिलाई पुलिसको असाध्यै डर लाग्थ्यो त्यसैले हामिहरु प्राय : तल्लो बाटो नै प्रयोग गरेर बिध्यालय आउने जाने काम गर्थ्यौ ।
प्राकृतिक सम्पर्दा हरुले अच्चमै कुदिएको हाम्रो नेपाल त्यसैमा पनि कालिकोट जिल्ला भित्र भएका रहर लाग्दा मनै लोभ्याउने बन ,जंगल ,खोला ,र झरनाको ब्याख्या गरेर साध्य नै छैन । चारैतिर डाडाँ काडाँ ले ,चिनको ग्रेटवाल झै अग्लो रुपमा बेरीयको छ रास्कोट नगर पालिका र सान्नी गाँउपालिका ,चुलिमालीका ,माछेकाडाँ र पर खाद्दुमा रहेको एसिया कै अग्लो पचल झरना माथि -माथि लेक तिर लाली गुरौँस ले ढुक्क ढाकियका बन हरु ,नौला बन ,रानी बन ,ताम्ति बन झेन्ते झ्लाउना र बड्डाढुन पाथरकोट जस्ता जडिबुटीले भरिएको यो तपो भुमि साच्ची कै एक स्वर्गलोकको एक टुक्रा नै हो ।
जति माथि गयो त्यति नै स्वच्छ चिसो हावा पानी भेटिन्छ ,कोदो ,फापर ,जौ ,गँहु र धान मकै जस्ता अन्न उपज्जीनुका साथ -साथै कृषि बिज्ञाहरु बाट आलु र स्याँउ खेतिका लागि उर्वरा माटो,उपयुक्त वातावरण ,खेती योग्य ज़मीन भनेर सिफारीस गरेको केहि बर्ष मात्रै भयो ।
उमेर ले सानै भएता पनी बाध्यता र परिस्थिति ले यो १० बर्षको उमेरमै गोँठालो ,खर्कालो लाग्न बाध्य बनायो ।
जब अंसार साउन महिना लाग्छ। तब गाई भैसिको बगाल लगेर माथि लेख साईड तिर गोठालो लाग्ने गोबर सोर्ने र घाँस काटनु,दाँउरा चिर्नुको अनुभव बटुल्ने राम्रै मौक़ा मिलेको थियो ।
हाम्रो गाउँ घरतिर रोजगारीका कुनै आधार हरु थिएन । मुख्य पेशा भनेकै खेती पाती गर्ने ,अन्न उब्जायर पुग नपुग एैँचो -पौँचो गरेर बर्ष दिन बिताउने हो । सके जति धेरै गाई ,भैसि पालन गर्ने दुध ,महि र ध्यु उत्पादन गर्ने चलन थियो त्यो बेलामा । भेड़ा बाख्राको उन काटेर बिभिन्न किसिमका कपड़ा हरु काम्लो ,ल्यु र मफ़लर ,सुईटर बनाउने , र सरिर ढाक्ने काम गर्दछे हाम्रो बुबा बाजेहरु,
हाम्रो गाउँ घर -अन्नको अभाब भने त्यति परेन तर नजिकैको गाउँ पलाता सुख्खा ज़मीन र सिंचाई गर्न नसकिने भएकाले खडेरीको मार बर्सै पिच्छे पलाती बासिन्दाले खेपी रहन्छन । जस्को प्रत्यक्ष प्रभाव भनेको अन्न बाली उत्पादनमा गिरावट भई परिणाम भोकमरीको ठुलो भार खेप्दै आपका छन । त्यहाँका स्थानीय बासिन्दाहरु , अन्न बाली मात्रै हैन मानसिको दैनिक जीबनमा आवश्यक प्रने बस्तुहरु जस्तो की तेल ,चामल ,बेसार ,कँपी क़लम ,पेन्सील लत्ता कपड़ा र नुन जस्ता अत्यावश्यक बस्तुहरु परिपूर्ति गर्न कालागी कालिकोट बाट ,हामि सुर्खेत (गुटु ) , डुगेश्व तथा कर्णाली चिसापानी सम्म पौदल यात्रा आउने गर्दछौ। २०५५ साल तिरको कुरा हो । घरमा नुन तेल सक्कीय पछि बुवा ले हाट जाने निदो गर्नु भयो ।कात्तिक भित्रायी मंसीरको गहुँ खेतमा छरीसके पछि नुन तेल लिन कर्णाली चिसापानी तिर जाने निधो गर्नु भयो । त्यो बेलामा चिसापानी कर्णाली सम्म एक दुई जना ,
जान सक्ने अवस्था थिएन ।
गाउँ घरका सबैजना संग सोर -सल्लाह गरिसके पछि सात -आठ जनाको समुहमा हामि चिसापानी तिर लाग्यौ । त्यो बेला मेरो उमेर क़रीब १० पुरा हुदै थियो । कालिकोट बाट कर्णाली चिसापानी सम्म पुग्न क़रीब पाचँ देखी सात दिन पौदल लाग्द थ्यो । कर्णाली राजमार्ग (कोरिडोर) को सुचारु भएकै थिएन ।घर बाट चिसा पानी कर्णाली जाँदासम्म बाटोमा होटल पसलको कुनै ब्याव्सथा थिएन ।आफ्ना। लागी सामल -तुमल आफै डोकोमा बोकेर जानुको आर्को कुनै उत्तम बिकल्प थिएन । म चार पाँच बर्षको हुदा मेरो बुबा कर्णाली चिसापानी बाट नुन लिअर एक पटक २६ दिनमा घर पुग्नु भएको स्मरण अझै पनि ताजै छ।
गाँउ -घरका युवाहरुको निर्णय पश्चात लाग्यौ हामि कर्णाली चिसापानी तिर नुन बोक्नका लागी ,
केटी मान्छे लाई नुन बोकाउने चलन थिएन त्यो बेलामा छोरा मान्छे नबोकि साध्यनै थिएन । घर बाट डिहेको एक दिनमा हामि कालीकोट जिल्लाको सिमाना सम्म काटन सक्दैन थ्यौ त्यो बेलामा ,गोरेटो बाटो समेत निर्माण भएको थिएन । एक पटक हिडेको बाटो बर्षायम लागे पछि बाढी , पहिरो ले बगाएर सम्मै बनाई सकेको पहिरो ले बगाएर सम्मै बनाई सकेको हुन्थ्यो त्यसैले धैरै पटक हाँट धाई सकेका आवत -जावत गरेका अनुभवी मानीसहरु अगाडी -अगाडी हिडेर अनुभबका आधारमा पत्ता लगाउथे हिडने बाटो ,कुनै -कुनै ठाउँमा अगाडी बढन नसकिने अबस्था पनि हुन्थ्यो ।पिठ्युको भारी ले हामिलाई हिडन झन असहज हुन्थ्यो । कर्णाली नदिको किनारा- किनारै हामि कर्णाली चिसा पानी तर्फ अगाडी बढ़यौ ,
हिडदा हिड्दै पहिलो दिन रेगील पछाड़ी पट्टी एउटा ओडार मा भयो हाम्रो बास । रात रमक्क परेको थिएन । चारै तिर डाडाँ भएकाले तल तिर त्यति प्रस्ट उज्यालोको साँस भने थिएन । ओडार नेर पुंगी सकेपछि हामिले पिठ्युमा बोकेका भारीहरु थपाथप टेकायौ ।
शरिर गलेर लथराग्न भई सकेको थियो । कम उमेरका हामि चार जना थियौ । चारै जना गलेर थाकेर)बोल्न नसक्ने अवस्थामा पुग्यौ ।
हामि संगै भएका एक दुई जना साथिहरु आगों बाल्ने दाउरा बटुल्न जानु भयो । नाता ले मामा प्रने तोयानाथ मामा र म कर्णाली नदिको किनारामा पानी थाप्न गयौ । रातको समयमा खोलाको किनारा बगर तिर एक्लै -दुक्लै हिडने नहुने रहेछ । यो ठाउँ मा भुत प्रेत ले सताउने गर्दो रहेछ।
हाटँ हिडेका धेरै जना मान्छेहरु पानी लिन जाँदा यहि किनारा बाट बेपत्ता भएको नमिठो अनुभब सुनाउदा मेरो सरिरमा काँडा उठेर आयो । मन भित्र बाटै डर छुटेर आयो मलाई ,
मैले मामाको हात झन च्याप्प समाति राखे ,
कर्णाली नदि दिन भन्दा रातमा झन सुसाउदै ,उफ्रिदै कता हो कता बग्दो रहेछ । नंदि पहिलो पटक देखेर होला मलाई अलिकती रमाईलो पनी लागिरहेको थियो ।
तोयानाथ मामा ले बालुवा ले बेस पारी खुट्टा धुन भन्नु भयो ।
किन ? मैले सोधे उहाँ लाई ?
बालुवाले खुट्टा धुँदा आराम मिल्ने अनुभब सुनाउनु भयो । उहाँ ले
कर्णाली नदिको किनारा तिर फेर्से भई , पानी बोकेर हामि ओडार तिर फर्कियौ , जहाँ हाम्रो आजको बासँ हुने थियो ।
ओडारमा आई पुग्दा साथिहरुले दाउरा जोडेर आँगो दन्काई सकेका थिए ।जाड़ों महिना भएको ले सबैजना अँगेनाको बरिपरी हात सेकाउदै गफ गर्न थाल्यौ,
घर बाट बोकेको खानेकुरा डोको बाँट झिकेर खान थाल्यौ हामि ।
अक्सर गरेर हाट जाने हट्यौरु हरु रात भरि गफ गर्दै बिताउने गर्दछन । किनकि राति निदायो भने सामान चोरी हुने सम्भावना बढि हुदो रहेछ। ।
म गफ गर्दा -गर्दै भुसुक्क निदाय छु । राति कस्ले के गर्यो चियों चर्चो पाईन ।
रात बित्तै गयो ,बिहानी को झिसमिसे सुरु नहुने अगाबै बुडा पाखाहरु उठेर डोकोमा सामानहरु प्याक गर्न थाले ,
हामि संग एक ,दुई वटा ट्रच लाईट पनी बोकेका थियौ ।
एक बिचमा ,र आर्को लास्टमा जना लास्ट मा टर्र्च समात्ने ब्याक्ति लाईन लागे पछि त्यो ओडार छाडेर हामि कर्णाली चिसापानी तर्फ अगाडी बढदै गयौ । बाटो एकदम अप्ठयारो र असहज थियो । तल तिर बाट कर्णाली सुसाउदै दौडीरहेको सुन्नीन्थो । बाटो भन्दा माथि पुरै भिर र चट्टानै चट्टान थियो । मान्छे कुनै हालत ठेस लागेर तल खसि हाले भेंटने कुरै थिएन । यो बाटो मा बर्षेनी धेरै मानिसहरु ले ज्यान गुमाई सकेका छन ।
हिडदा हिडदै बिस्तारै बिहानी हुदै आयो , मन भित्रको भय कम हुदै गयो । वर परका खोला, खोल्सेर,डाडाँ लहरा र कर्णाली नदिले बनाएका धुमाउरा फेरीहरु देखिन थाले , नदिले बनायका अग्लो -होचा बालुवाका ढिस्काहरु देखियन थाले , नदिको किनारा तिर माछा मार्न जाल फिजायका बल्सीहरु, झरिउली तान्दै गरेको दृस्य देखाप्रयो ,तुईन बाट कर्णाली नंदि वार -पार गर्दै गरेका केटा केटी , आईमाईहरु आफ्नो पालो कुरेर बसेका थिए । नदिको किनारा तिर बकुल्ला हरु आफ्नो सिकार गर्न ध्यान मग्न भएर तपस्या गरेको दृस्य मेरो आँखा मा क़ैद भयो ।
कर्णाली र तिला नदिको दोभान त्यतिकै रमडिस रहेछ ।
प्राकृतिले बनाएको अनेक कला सृखला र आकार प्रकार भुगोल हेर्दै हामी । अछाम जिल्ला छोयौ । क़रीब चार घण्टा पौदल यात्रा गरिसके पछि । अछाम जिल्लाको चिल्तडा ,बडको रुख नेर बिहानको चियाँ नास्ता संगै बड ,पिंपल स्वामीको भेदमा बसेर मज्जा संग आराम गरे पछि ।
पुन आफ्नो गन्तव्य तिर पाईला लम्काउदै अगाडी बढ़्यौ
हाट जाने हड्यौरु हरु प्राय:दिनको बार्ह बजे खाना खाने गर्दा रहेछन । त्यहि मौक़ामा स्नान गर्ने,कपड़ा धुन कार्य हुदोरहे छ । खाना खाने कुनै होटल पसल भने थिएनन। बाटामा ,चुलो बनायो ,दाउरा पानी जोड़यो खाना पकायर खायो । साच्चीकै ति दिनहरु बिर्सन खोज्दा पनी मनस्पट बाट निस्कीनै मान्दैनन ।
अछाम ,दैलेख ,सुर्खत जिल्ला पार गर्दै ,उकाली चढदै ,अप्ठयारो छिचोल्दै ,घम्ति भित्र पस्दै,ओराली झर्दै गन्तयमा बिहान देखि राती सम्म निरन्तर हिडीरहनु प्रदछ । यहाँ ,
“सायद मान्छेहरु ले जिबन एक यात्रा हो ।
यसै कारण ले भनेको हुनु प्रदछ। “
अछामको सिमाना सुरु भए देखि कतै अति नै अप्ठयारो बाटो त कतै खहरे खोला ,कति अँध्यारा डर लाग्दा धुम्तिर भित्र घना-घोर जंगल ,तिखा लाम चुच्चा बिभिन्न बर्णका ढुडंगाहरु झट्ट देख्दा मन झसडंग हुन्थो । साथमा धेरै जना भएकाले एकाएक हरायर जान्थ्यो पनी ।
टुनिबगर पार गर्दै साल्मको उकालो चढ्यो ,फेरी ओरालो ,फेरी कता कता हराउदै देखा प्रदै ,जंगलको तार ,अँसारा पुल ,अँध्यारी खोला पार गर्दै पाचौ दिनमा
चिसापानी कर्णाली बजार आई पुग्यौ । सबै भन्दा अप्ठयारो र कस्टकर बाटो भनेको गुटुकोप ,र राती माटो भएको बाटो पार गर्न खुट्टामा ठेला बस्दा रहेछन । खुट्टा बाट आँगोको राँप निस्कला झै भई रहेको थियो । त्यहाँ वरपर पानी पटक्कै नहुदो रहेछ । मरुभुमी पार गरे जस्तो महसुस हुन्थ्यो । पीठ्योको भारी आफैमा बोझ भई सकेको थियो ।
गटु कोप,रातों माटोमा हिडन नसकेर मेरो भारी एक जना दाई ले बोकदिनु भो , तर पनि मेरो पैतला दुख्न भने छाडेको थिएन । खुट्टामा परेको ठेला ले मेरो खुट्टा हिडन ,अगाडी बढन सकिरह्को थिएन । हिडदा हिडदै बाटोमा एक जना ब्यापारी ले सुन्तला बेच्न राखेका थिय। सुन्तला बुबा ले किन्नु भो
सुन्तला खाई सके पछि अलीकति भए पनि प्यास कम भयो ।
बल्ले कादँ काटेपछि शरिर कति हलुड्गो भएर आयो ।
गुटुको माथि डाँडाँ बाट तल हेर्दाको दृस्य साच्चीका रमणीय थियो । जापानी र थुड्गे सल्लाका रुख हरुले हावा,

बल्ले कादँ काटेपछि शरिर कति हलुड्गो भएर आयो ।
गुटुको माथि डाँडाँ बाट तल हेर्दाको दृस्य साच्चीका रमणीय थियो । जापानी र थुड्गे सल्लाका रुख हरुले हावा लाई चिस्काई रहेका थिए ।
सल्लाको रुखमा बजारीयको हावा बाट बिभिन्न किसिमको धनि प्रभाव भई रहेको थियो।
माथिबाट तल हेर्दा
पर पर सम्म फैलियको चौड़ा भुगोल गुटुको समथर भूभाग ति रातों माटो ले बनेका राता घर हरु ,साल सिसमका रुखहरु ,अनि डाडाँ नभेटेर रातों आगोको झाउँ झै अस्ताउन लागेको सुर्य र वरिपरी डडेको रातो ,कालो सेतो बाँदलका धब्बाहरु ले मन भित्र केहि नयाँ कुरा , खेल्न थाल्यो ।
मलाई त्यहाँ बाट एक ईन्च अगाडी बढन मन त पटक्कै थिएन तर हाम्रो पुग्नु प्रने ठाँउ भने त्यो थिएन ।
भोलिपट्ट पाचौ दिन समतल मैदान छिचोल्दै
चिसापानी कर्णाली पुग्दा -नपुग्दै अलि -अली अध्यारो हुन थाल्यो । पितमारी देखी चिसापानी पुल आसपास सम्म ,
चिसापामी बजार रहेछ। बगरको ढुडंगा ले निर्माण गरेका साना साना जस्ता पाता ले छायका टहराहरु भित्र ,लाखौ करोडौ ब्यापार गर्ने देखी भख्खर सुरुवाती दिनका ब्यापारीहरु रहेछन । बजार बिच बाट मान्छे र ट्रक आवत जावत गर्ने रोड रहेछ । डिल ,भिटातिर पसल तथा होटल हरु निर्माण भएका छन । देशका बिभिन्न भागबाट मानिसहरु आयर ब्यापार ,ब्यावसाय सुरु गरेका रहेछन। ।
सुन पसले देखी नुन ब्यापारी सम्म ,राम्रै दैनिकी चलेको रहेछ ।यहाँ
रात रमक्क पेरे पछि हामि सबै जना एउटा पसलमा बाँस बस्यौ। खानाको पौसा तिर्नु प्रने र बाँस बसेको चार्ज लागेन हामिलाई ।
कर्णाली नदिको प्रभाव ले रात भरी अत्यन्तै बेगका साथा हावा चली रहयो । बेला -बेलामा टिनहरु उडायर लेला जस्तै गर्थ्यो ।
बिहानको चार बज्ने बित्तिकै बजार चहल पहल हुँदोरहेछ।
भारतमा रोजगारीका लागि जाने नेपाली युवाँ -युवतीहरु तमाम हुदाँ रहेछन । महेन्द्रनगर ,महाकाली चल्ने बसका ड्राईभर,र कन्डक्टर ले पसलका ढोका ,ढोकामा
महेन्दनगर ,महाकाली भन्दै चिच्चाउदै भारत जाने यात्रुहरु लाई बोलायर सस्तो टिकट दर भाउ मिलायर लादा रैछन ।
शान्त बिहानीमा कन्डक्टर ले मच्चायको हल्ला ले मेरो पनि निन्दा खल -बलियों । बाहिर जान लाई चिनेको ठाँउ परेन कतै हराउला कि भन्ने डर थियो । चिसो हाँवाको प्रभाव ले कर्णाली नदिबाट चीसो पानीका फोकाहरु बोकेर बिहान -बिहान ग्राहक र ब्यापारीको गालामा ठोक्कीदो रहेछ ।
शरिरमा न्यानो कपडाको अत्यन्तै जरुर रहेछ ।
नत्र भने निमोनियाले चाडै समात्ने रहेछ यो ठाँउमा ।
एक छिन पंछी हुस्सु भित्र बजार हरायो
बिहानी बिस्तारै दिनमा परिवर्तन भयो । खाना -साना खायर हामि कर्णाली नदिको किनारा तिर नुहाउन हिड्यौ ।नुहाई सकेपछि एक फेर पुरै बजार घुम्दै कर्णाली चिसापानीको पुल वार -पार गरेर बेलुका अबेरमा अगिल्लो दिन बास बसेकै साउजीको मा हाम्रो बास भयो । भली बिहानै हामि कालिकोट तिर नुन बोकेर फर्किनु प्रने भएकाले बेलुका नै नुन तथा अन्य आवश्यक बस्तुहरु किनेर भारी प्याक गरीसकेपछि ओछ्यानतिर लाग्यौ र बिहान नुहुदै आफ्नो गन्तव्यमा हामि नुन बोकर फर्कियौ कालिकोट फर्केको १० दिनमा घर पुग्यौ ।कतै सुखत रहयो त कतै दुखद रयो हाम्रो कालिकोट देखि कर्णाली चिसापानि सम्मको यात्रा ,
ज़िन्दगी यात्रा न हो हामि यात्रा गरि रहन्छौ । जिबन चक्र चलिरहन्छ । सुख र दुखको आँचमा ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया